मिलानो ब्राण्डका फुटवेयर अब नेपाली बजारमा


काठमाडौं, असोज २६ । एक्सन पोलिमर प्रा. लि.ले इटालियन प्रविधिद्वारा उत्पादित फुटवेयर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सबै उमेर समूहको लागि मिलानो ब्राण्डका स्लीपरहरु तथा चप्पलहरु बजारमा सार्वजनिक गरेको हो ।

मिलानो ब्राण्डका फुटवेयर हलुका तौल भएकोले स्वास्थ्यलाई फाईदाजनक हुने कम्पनीले जनाएको छ । त्यस्तै, प्रतिस्पर्धात्मक मूल्य, फेशनेबलका साथमा आरामदायी, टिकाउ, वाटरप्रुफ र कठिन मौसममा पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

बिहीबार राजधानीमा भएको कार्यक्रममा बोल्दै एक्सन पोलिमर्सका अध्यक्ष राजेश अग्रवालले फुटवेयरको बारेमा भने, ‘हामी नेपालमा विश्वको प्रख्यात इटालियन प्रविधिद्धारा निर्मित फुटवेयर सफल रुपमा सार्वजनिक गर्न पाउँदा निकै गौरवान्वित भएका छौं । नेपाली खुट्टामा उपयुक्त हुने किसिमका अन्तराष्ट्रिय स्तरका फुटवेयरहरु आधुनिक फेशन सहित बजारमा प्रबद्र्धन गर्ने हाम्रो लक्ष्य रहेको छ । हरेक उमेरको समूह र लिंङ्गलाई हुनेगरि हामीले मिलानो ब्राण्डका फुटवेयर ल्याउन पाउँदा निकै हर्षित भएका छौं ।’

३० करोड रुपैयाँ लगानी भएको कम्पनी सन् २०१६ मा भैरहवामा स्थापना भएको हो, जसले पीयु स्लीपर, स्याण्डलहरु र जुत्ताहरु हरेक उमेर समूहका मानिसहरुका लागि उत्पादन गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया