एनआरएनएमा त्रिपक्षीय भिडन्त

काठमाडौं, असोज २६ । शनिबारबाट राजधानीमा शुरु हुन लागेको गैरआवासीय नेपाली संघ (एनआएनए)को आठौं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । संघको नयाँ नेतृत्वको लागि तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेका छन् ।

अध्यक्षको उम्मेदवारको रुपमा अध्यक्ष शेष घलेकी पत्नी जमुना घले र वर्तमान् कार्यसमितिको उपाध्यक्षद्वय भवन भट्ट र टिबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । नयाँ नेतृत्वका निम्ति सहमतिको प्रयास जारी रहेको भए पनि तीन जनाले उम्मेदवारीको घोषणा गरिसकेको हुँदा हालसम्मको स्थितिले त्रिपक्षीय भिडन्त हुने सम्भावना देखिएको छ ।

तीन जनाले उम्मेदवारी घोषणा गरेको सन्दर्भमा एनआएनएको आगामी नेतृत्व कसले गर्ने भन्ने विषयमा स्पष्ट देखिएको छैन । तीनै जना उम्मेदवार एनआरएनएको राजनीतिमा बलियो पकट राख्दै आएको हुँदा कसले बाजी मार्ने हो त्यो यसै भन्न सकिँदैन । अर्कोतर्फ अन्तिम समयसम्म तीनै जनाको उम्मेदवारी यथावत् रहन्छ भन्नेमा पनि आशंका छ ।

निर्वाचनका नाममा गैरआवासीय नेपालीहरु बीच बिभाजन ल्याउनु हुँदैन । सहमतिका आधारमा एनआरएनएको अभियानलाई नेतृत्व प्रदान गर्न सक्ने, अघिल्ला नेतृत्वले अगाडि सारेका महत्वकांक्षी योजनाहरुलाई सफल तुल्याउने तथा विगतमा उसले पुर्याएको योगदानको आधारमा नेतृत्वमा लैजानुपर्ने विश्वभरिबाट आएका गैरआवासीय नेपालीहरुको जोड छ ।

एनआरएनए महाधिवेशनः टिबी कार्कीको २२ बुँदे घोषणपत्र

एनआरएनए अध्यक्षमा जमुना घलेको उम्मेदवारी

एनआरएनए महाधिवेशनः उम्मेदवार बन्न कति दर्ता शुल्क ?

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया