सगुनमा दोस्रो चरणको लगानी नोभेम्वर सम्म

सगुनमा दोस्रो चरणको लगानी नोभेम्वर सम्म

काठमाडौं, असोज २६ । सोसल कमर्स सञ्जाल सगुनले हालै खुल्ला गरेको लगानी अवसरलाई नोभेम्वर ३०, २०१७ सम्म मात्र खुल्ला गर्ने भएको छ । लगानीको दोस्रो चरणको समाप्तीसँगै सगुनले डिसेम्वरको दोस्रो हप्तासम्म बहुप्रतीक्षित मोबाइल एप सार्वजनिक गर्ने भएको छ ।

प्रति शेयर २३ अमेरिकी डलरमा सर्वसाधारणले खरिद गर्न सक्ने ग श्रेणीको सामान्य शेयरका लागि यस चरणमा न्युनतम १ हजार अमेरिकी डलरको शेयर खरिद गर्नुपर्ने सगुनले जनाएको छ । यस चरणमा सगुनले लगानी गरिने रकम क्रेडिटरडेविट कार्ड, एसीएच, बैंक तथा चेकमार्फत् हुने भुक्तानीबाट स्वीकार गरेको छ । सगुनले आफ्नै वेबसाइटबाट शेयर जारी गरेको छ ।

पहिलो चरणमा ३ हजार भन्दा बढीले लगानी गर्न चाहे पनि फर्म भरेर बैंकसम्म पुगेर बंैक मार्फत वायर टान्फर गर्नु पर्ने झन्झटका कारण लगानी गर्न छुटेका थिए । यस चरणमा क्रेडिटर डेविट कार्ड मार्फत समेत लगानी गर्न सकिने भएपछि लगानीकर्तालाई सहज हुने अनुमान सगुनले गरेको छ । पहिलो चरणमा लगानि गर्न छुटेकाहरुले पनि पनि यस चरणमा लगानी गर्न सक्ने बताइएको छ ।

 

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया