भूमिसुधार कार्यलय प्रमुख पोखरेल रंगेहात पक्राउ


विप्लव समूहका १२ जना कार्यकर्ता पक्राउ

काठमाडौं, असोज २६ । जिल्ला भूमिसुधार कार्यालय सप्तरीका प्रमुख प्रकाश पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको छ । उनलाई सेवाग्राहीसित एकलाख रुपैयाँ घूस लिँदै गर्दा बिहीबार पक्राउ गरिएको हो ।

पोखरेलले पछिल्लो एक हप्तादेखि सेवाग्राहीसित मोहियानी जग्गा बाँडफाँटसम्बन्धी विषयमा घूसको रकम माग्दै आएका थिए । पीडितले अख्तियारलाई जानकारी गराएपछि उनलाई बिहीबार घूसको रकम सहित रंगेहात नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया