परिसुचकसँगै कारोबारमा सामान्य सुधार, चिलिमेमा लगानीकर्ता


परिसुचकसँगै कारोबारमा सामान्य सुधार, चिलिमेमा लगानीकर्ता

काठमाडौं, असोज २६ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसुचकमा सामान्य वृद्धि देखिएको छ । बुधबार ३ दशमलव ३६ अंकले बढेको बजार बिहीबार ४ दशमलव शून्य ३ अंकले बढेर एक हजार ५१० दशमलव शून्य २ अंकमा पुगेर बजार बन्द भएको छ ।

पछिल्लो केही दिनयता परिसुचक सामान्य उकालो चढेपनि कारोबार रकम भने खासै बढ्न सकेको थिएन । तर, बुधबार ३२करोड २३ लाख १० हजार ५५३ लाख रुपैयाँको शेयर किनबेच भएको भएको बजारमा आज भने १५४ कम्पनीको ४० करोड ४८ लाख ६०१ रुपैयाँको मात्रै शेयर किनबेच भएको छ ।

पछिल्लो दुई दिन सबैभन्दा बढी चिलिमे हाइड्रो पावर कम्पनीको शेयर किनबेच भएको छ । बिहीबार कम्पनीको सात करोड रुपैयाँ माथिको शेयर किनबेच भएको छ । यो कम्पनीकको सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । त्यस्तै नेपाल दूरसञ्चार कम्पनीको तीन करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका आठ उपसमूह मध्ये बैंक, टे«डिङ् र अन्यबाहेकका सबै समूह घटेका छन् । बीमा समूह सबैभन्दा बढी २१ दशमलव ०८ अंकले घटेको छ । त्यस्तै जलविद्युत समूह ७ दशमलव ०३ अंकले, विकास बैंक समूह ५ दशमलव ४२ अंकले, होटल समूह ४ दशमलव ०८ अंकले र फाइनान्स समूह ३ दशमलव १३ अंकले घटेका छन् । भने बिहीबार अन्य समूहमा अत्याधिक वृद्धि देखिएको छ । यो समूह ३० दशमलव ०४ अंकले बढेको छ । त्यस्तै बैकिङ समूह २ दशमलव ०१ अंकले, र ट्रेडिङ समूह शून्यदशमलव २५ अंकले बढेका छन् ।

बजार सामान्य उकालो चढ्दा आज रिलायन्स फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो कम्पनीको शेयर मूल्य ५ दशमलव ५३ प्रतिशतले बढेको छ । सर्वाधिक गुमाउनेमा भने र्सिजना फाइनान्सका लगानीकर्ता रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया