एनआरएनए अध्यक्षमा जमुना घलेको उम्मेदवारी


काठमाडौं, असोज २६ । गैर आवासीय नेपाली संघको वर्तमान् अध्यक्षका पत्नी जमुना घलेले अध्यक्षमा जमुना गुरूङ घलेले उमेदवारी घोषणा गरेकी छन् । राजधानीमा बिहीबार सम्पन्न एक कार्यक्रममा उनले उमेदवारी घोषणा गरेकी हुन् ।

घोषणा कार्यक्रममा बोल्दै घलेले नेतृत्व चयन प्रतिष्पर्धा प्रजातान्त्रिक परिपाटीबाट हुने बताउँदै कसैलाई पनि निषेध गर्न नमिल्ने बताइन् । उनले गैरआवासीय नेपालीहरुको माग र अपेक्षालाई पूरा गर्न, गैर आवासीय नेपाली संघका मुख्य स्टकेहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिन, महिला शसक्तिकरण र सहभागीतालाई संस्थाको मेरुदण्डको रुपमा स्थापित गन, मेगा परियोजनालाई समयसीमाभित्र सम्पन्न गराउन, वैदेशिक रोजगारीको क्षेत्रमा खासगरी मध्येपुर्वका महिला श्रमिकवर्गको हितमा बढि केन्द्रीत हुन लगायतका ११ बुँदे अवधारणा सार्वजनिक गर्दै उमेदवारी घोषणा गरेकी हुन् ।

शनिबारबाट राजधानीमा शुरु हुने आठौं महाधिवेशनले एनआएरएनएको नयाँ नेतृत्व चयन गर्नेछन् । महाधिवेशनको लागि विश्वभरिरहेका सयौं प्रतिनिधीको सहभागिता रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया