एनआरएनए महाधिवेशनः टिबी कार्कीको २२ बुँदे घोषणपत्र

काठमाडौं, असोज २६ । शनिबारबाट राजधानीमा शुरु हुने गैरआवासीय नेपाली संघको आठौं महाधिवेशनको अध्यक्ष पदमा टिबी (टेकबहादुर) कार्कीले उम्मेदवारी दिएका छन् । कतारका निर्माण व्यवसायी कार्कीले आफ्नो उम्मेदवारीसँगै २२ बुँदे घोषणापत्र समेत सार्वजनिक गरेका छन् ।

अध्यक्ष पदका प्रत्यासी कार्कीको चुनावी घोषणपत्र

१. सार्क राष्ट्रभन्दा बाहिर रहेका १८३ दिनभन्दा बढी विदेशमा बसोबास गर्ने नेपालीहरु लाई गैरआवसीय नेपालीको प्रमाणीकरण लाई सुरक्षित गर्दै समानता प्रदान गर्न ।

२. गैरआवसीय नेपाली संघको निर्माधिन भवनलाई अबको एक वर्षभित्र सम्पन्न गर्न ।

३. गैरआवसीय नेपाली संघको सस्थागत सदस्य लिएका सबै तहका सदस्यहरु लाई विदेशमा दुर्घटना भई कदमकदाचित अङ्गभङ्ग भएमा वा मुत्यु भएमा निजको परिवार लाई एनआरएनएको कोषको स्थापना गरी राहत को ब्यवस्था गर्दै परिवारलाई रोजगारीको अवसर प्रदान गर्न विशेष पहल गरिनेछ ।

४. मातृभुमी नेपाललाई विश्वसामु चिनाउन शान्तिका अग्रदुत गौतम बुद्ध जन्मेको देश, विश्वकै सर्वोच शिखर सगरमाथा साथै प्राकृति जलसम्पदा, धार्मिकस्थल लगायत विविध नेपालको राष्ट्रिय गौरबहरु लाई विश्वसामु चिनाउँदै नेपाली कला संस्कृति साहित्य तथा खेलकुद चलचित्र जस्ता प्रत्यक्ष क्षेत्रमा सहभागिता बढाउन पहल गर्दै अन्तराष्ट्रिय स्तरमा परिचित गराउन प्रयत्न गरिनेछ ।

५. एनआरएनए हजारे अभियानलाई ब्यवस्थित गर्दै अलग कार्यदल बनाई ठोस योजना सहित कार्यसम्पादनमा जोड दिइनेछ ।

६. पुर्ण अधिकार सहितको गैरआवसीय नेपालीका लागी नागरिकताको लागी पहल गर्ने ।

७. विभिन्न मुलुकहरुमा बसोबास गर्ने नेपालीहरुको आश्यकताको आधारमा गैरवासीय नेपाली संघ स्थापित देशहरुमा नेपाल सरकारसँग समन्वय गर्दै विद्यालय तथा नेपाली सास्कृतिक केन्द्रको स्थापना गर्ने ।

८. एनआरएनद्वारा भुकम्पबाट प्रभावित क्षेत्रको पुर्ननिर्माण आवासलाई दुर्तगतिमा सम्पन्न गर्दै एक वर्ष भित्रमा हस्तान्तरण गर्नमा जोड दिइनेछ ।

९. गैरआवसीय नेपाली विभिन्न क्षेत्रमा ब्यवसाय गर्दै आईरहेका व्यावसायीलाई दूतावासको समन्वय गर्दै स्तरउन्नोतिमा आवश्यक सहयोग गर्ने ।

१०. विभिन्न राष्ट्रहरुमा खोलिएका गैरआवीय नेपाली संघलाई सम्बन्धित राष्ट्रहरुमा दर्ता गर्दै नेपाली समुदाय साझा सस्थाको रुपमा विकास गर्ने ।

११. वैदेशिक रोजगारलाई ब्यवस्थित र मर्यादित बनाउँदै गैरआवसीय नेपाली संघले लिएको निती अन्तर्गत कल्याणकारी कोषलाई मजबुद बनाई न्युनतम २० करोडसम्मको अक्षयकोष स्थापनामा जोड दिने ।

१२. नेपालमा कृषी क्षेत्रलाई आधुनिकरण गर्दै गैरआवसीय नेपाली तथा वैदेशिक लगानीलाई नेपालमा पर्यटन, जलविद्युत, जडिबुटी र भौतिक पूर्वाधारको विकासका लागी पहल गर्ने ।

१३. नेपालमा हुने विभिन्न निर्वाचन प्रक्रियाहरुमा गैरआवसीय नेपालीहरुको मताधिकारको ब्यवस्था सुनिश्चित गर्न पहल गर्ने ।

१४. गैरआवसीय नेपाली संघको पहलमा खुल्ला विश्वविद्यालयको स्थापना कार्यलाई पूर्ण कार्यन्वयन गर्दै विदेशमा बसोबास गररिहेका विभिन्न पेशामा कार्यरत बैज्ञानिक,प्राविधिक चिकित्सक, व्यवसायी तथा दक्ष जनशक्तिहरुको शिप क्षमता र प्राविधिक ज्ञानलाई नेपालको हितमा अधिकतम प्रयोग गर्ने वातावरणको सृजना गर्न प्रयत्न गरिनेछ ।

१५. वैदेशिक रोजगारीमा जाने नेपालीहरुबाट प्रति ब्यक्ति १ हजार रुपैयाँको दरले लिइएको रकम हाल चार अर्ब भन्दा बढी बैदेशिक रोजगार प्रर्बद्धन बोर्डको कोषमा जम्मा भएको छ । उक्त जम्मा भएको रकमलाई खाडी मुलुकहरु मलेशिया, अफ्रिका, कोरिया, जापान लगायत अन्य मुलुकहरुमा बसोबास गर्ने पिडामा परेका प्रवासी नेपालीहरु र उनका परिवारलाई सहज ढङ्गबाट उपलब्ध गराइनेछ ।

१६. घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा जाने नेपाली महिलामाथी देखिदै आएका समस्याहरु लाई निराकरण गर्दै श्रम सम्झौता नभएका मुलुकहरुमा कामदारहरु पठाउन कानुनी दायरामा ल्याउन पहल गरिनेछ ।

१७. वैदेशिक रोजगारीबाट स्वदेश फकिैएका नेपालीहरु लाई बैंक बाट ऋण सहज ढङ्गबाट उपलब्ध गराई आत्मस्वाभलम्बी बनाउन प्रयत्न गरिनेछ ।

१८. NRNA Colony एनआरएनहरुको बस्ति बसाल्ने ब्यवस्था गर्ने ।

१९. उच्च शिक्षा हाशिल गर्न विश्वका विभिन्न मुलुकहरु गएका लाखौ विद्यार्थीहरुका लागी गैरआवसीय नेपाली संघले समन्वय गर्दै विशेष विभाग गठन गरी आबद्ध गर्ने ।

२०. नेपाली समुदायहरु बाट प्रवासका खोलिएका विभिन्न सामाजिक सस्थाहरुलाई एनआरएन मा समाबेश गर्दै नेपाली समुदायका विभिन्न कार्यक्रमहरुमा समाबेश गरिनेछ ।

२१. एनआरएनएद्वारा गठित विभिन्न विभाग तथा टाक्सफोर्सहरु लाई सम्बन्धित विषयहरुमा ज्ञान भएका ब्यक्तिहरु लाई जिम्मेवारी दिँदै हरेक कामको उपलब्धिहरुको रिर्पोटिङहरुलाई विशेष महत्वका साथ हेरिनेछ ।

२२. राष्ट्रिय महत्व बोकेका विभिन्न कलकारखानाहरु विविध कारणबाट हाल पूर्ण रुपमा बन्द भईरहेका बाँसवारी छालाजुत्ता कारखाना, गोरखकाली टायर उद्योग, बुटवल धागो कारखाना, विराटनगर जुटमिल, हिमाल सिमेन्ट लगायत अन्य उद्योगहरु तथा पूर्वाधारहरु निमार्णमा राज्यसँग समन्वय गर्दै गैरआवसीय नेपालीको विशेष पहलमा संचालन ल्याउन पहल गरिनेछ ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया