शेरचनको शवयात्रा सहित अन्त्येष्टी गरिदै

काठमाडौं, असोज २६ । गत सोमबार नयाँ बानेश्वरमा अज्ञात समूहले गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अहिले शव यात्रा भइरहेको छ । यसअघि महासंघको केन्द्रीय कार्यालयमा स्वर्गीय शेरचनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीको लागि राखिएको थियो । त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम पश्चात शवयात्रा गरी आजै अन्त्येष्टी गरिने निर्माण व्यवसायी महासंघले जनाएको छ ।

पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित बिभिन्न राजनीतिक दलका नेता र व्यवसायीहरुले श्रद्धान्जली दिएका थिए ।

 

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया