रिलायन्स फाइनान्सले पायो हकप्रद निष्काशन अनुमति

रिलायन्स फाइनान्सले पायो हकप्रद निष्काशन अनुमति

काठमाडौं, असोज २६ । रिलायन्स फाइनान्सले ४५ प्रतिशत हकप्रद निष्काशन अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १०ः४.५ अनुपातमा हकप्रद शेयर निष्काशन अनुमति दिएको हो ।

फाइनान्सले १०० रुपैयाँ अंकित दरमा २३ लाख ६ हजार ५७१.६० कित्ता हकप्रद शेयर निष्काशन अनुमति पाएको हो । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

हाल रिलायन्सको चुक्ता पुँजी ५१ करोड २५ लाख ७१ हजार रुपैयाँ छ । उक्त हकप्रद निष्काशनपछि फाइनान्सको चुक्ता पुँजी ७४ करोड ३२ लाख २८ हजार १६० रुपैयाँ पुग्नेछ ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया