इन्भेष्टर्स फोरमले साउद बधाईं दिंदै यस्तो सुझाव दियो

इन्भेष्टर्स फोरमले साउद बधाईं दिंदै यस्तो सुझाव दियो

काठमाडौं, असोज २६ । नेपाल स्टक एक्सचेन्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई नेपाल इन्भेष्टर्स फोरमले बधाई तथा शुभकामना दिएको छ । प्रमुख कार्यकारी अधिकृत साउदले पदभार ग्रहण गरे लगत्तै नेप्सेको कार्यालयमा भेटी बधाई तथा शुभकामना दिएको हो ।

नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले साउदलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

फोरमले निर्धारित समयमा नै अनलाईन सेयर कारोबार प्रणाली कार्यान्वायनमा ल्याउने, ब्रोकरको कार्यक्षेत्र बिस्तार गर्ने लगायतका काम प्राथमिकतामा राख्न साउदसँग आग्रह गरेका थिए । त्यस्तै अक्सन र हकप्रद सेयर तत्काल आस्वा प्रणालीमा आबद्ध गरी देशभरका लगानीकर्ताले सहज तरिकाले भर्न पाउने व्यवस्था गर्न ध्यानाकर्षण गराएको छ ।

 

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया