यी हुन् आगामी विश्वकपमा स्थान बनाउने राष्ट्रहरु


असोज २५ । सन् २०१८ मा रुसमा हुने फिफा विश्वकपमा आयोजक राष्ट्र रुस सहित २३ देशको टुंगो लागेको छ । कूल ३२ राष्ट्रहरुको सहभागिता रहने प्रतियोगितामा अब बाँकी रहेका ९ राष्ट्रहरुको टुंगो अर्को महिनामा लाग्नेछ । विश्वकपको छनोटमा शिर्ष चारमा पर्ने राष्ट्रहरुले स्थान सुरक्षित गरे पनि बाँकी ९ राष्ट्रहरु अब अन्तर महादेशीय र महादेशीय प्लेअफ खेलमार्फत आउनेछन् ।

छनोट हुने २३ राष्ट्रहरुमा पाँच पटकको बिजेता ब्राजिल, साविक बिजेता जर्मनीसँगै स्पेन, इंग्ल्याण्ड, फ्रान्स, आइसल्याण्ड, पोर्चुगल, पोल्याण्ड, कोष्टारिका, बेल्जियम, अर्जेन्टिना, उरुग्वे, सर्विया, पानामा, मेक्सिको, जापान, कोलम्बिया, इजिप्ट, इरान, नाइजेरिया, साउदी अरेविया, दक्षिण कोरिया, र आयोजक राष्ट्र रुस विश्वकपका लागि छनोट भएका छन् ।

छनोट भएकामध्ये युरोपबाट आयोजक राष्ट्र सहित १०, एशियाबाट ४, अफ्रिकाबाट २, उत्तर तथा मध्य अमेरिकाबाट ३ र दक्षिण अमेरिकाबाट ४ टोलीको विश्वकप सहभागिता पक्का भइसकेको छ ।

आगामी विश्वकपमा आइसल्याण्ड र पानामाको सहभागिता हुनेछ । यी दूई राष्ट्रले पहिलोपटक विश्वकपमा स्थान बनाएका हुन् ।

तर, दक्षिण अमेरिकी च्याम्पियन चिली छनोट चरणबाटै बाहिरिएको छ । त्यस्तै, नेदरल्याण्ड्स, वेल्स, टर्की, युक्रेन जस्ता बलिया टोली पनि आगामी विश्वकपबाट बाहिरिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया