छक्का पञ्जा–२ को विरोध गर्नेलाई दीपकको कडा जवाफ


काठमाडौं, असोज २५ । गत असोज ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा–२ ले देशब्यापी रुपमा राम्रो सफलता पाइरहेको छ । चलचित्र छक्का पञ्जाले १६ करोडको कलेक्सन गरेको थियो सोही रेकर्ड तोड्न छक्का पञ्जा– २ अग्रसर रहेको छ । चलचित्रलाई समिक्षक तथा कानुन व्यवसायी, महिला अधिकारकर्मीले राम्रो प्रतिक्रिया नदिए पनि दर्शकहरु हलसम्म ओहिरिरहेका छन् । बजारमा भइरहेको छक्का पञ्जाको विरोधको खण्डन गर्दै चलचित्रका निर्माता तथा अभिनेता दीपकाज गिरीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेका छन् ।

म आज लेख्दैछु

हिजो ‘दीपक दीपा लाइ चिठी’ भन्ने शीर्षकमा पढ्न पाइयो । एक त प्रश्न पढ्नै महाभारत थियो छक्का पन्जाको स्क्रिप्ट भन्दा लामो । चुप लागेर बस्न पनि सकिन्थ्यो तर जिम्मेवार व्यक्तिले त्यस्तो गर्नु राम्रो लागेन । महिलावादी महिला ज्यूले चलचित्रमा आपत्ति जनाउनुभो । कुनै आश्चर्य लागेन, किनकि एक दिन अघि कानुनविदले आपत्ति जनाए । त्यो भन्दा अघि कन्सलटेसीवाला, अहिले महिलावादी । गज्जब छ यो देश ।

एक त हामी डलर खाएर आफ्नो कलर नै चेन्ज गर्न खप्पिस छौं । अर्को्तिर चलचित्र एउटा फिक्सन हो । परिकल्पना । तपाईं हलमा मनोरञ्जन लिन जानुभएन । दीपक दीपाले कहाँ मिस्टेक गरे, त्यो हेर्न जानुभो । तपाईंहरू सबैको चिठी पढेर त्यही लागू गर्ने हो भने फिल्म होइन, ‘नैतिक शिक्षा भाग ३’ बन्छ ।

हामी अतिवादलाई प्रसय दिइरहेका छौं । दीपक–दीपालाई सिध्याउनुपर्छ, यिनीहरू छउन्जेल हाम्रो अभिष्ट पूरा हुँदैन भन्ने समूह नै सक्रिय रहेको पाएको छु । हरेक चलचित्र आउन पाउँदैन हाम्रा नाममा यस्ता चिठी काटिन्छ्न । महिलावादी देखि बालबालिकावादीसम्म चिठी लेख्न थाल्छन् ।

अमेरिकामा बसेर फिल्म नै नहेरी ‘झूर फिल्म’, ‘वाइहात फिल्म’, ‘थर्ड क्लास फिल्म’ लेख्न थालिन्छ । पहिलो फिल्मलाई पनि जोकै जोकको पोको, महिलालाई हेप्यो, थर्ड क्लास फिल्म आदि आदि । त्यतिबेला पनि विदेशी डलर सेवन गरेर नेपालमा हवन गर्नेहरूले महिलालाई हेप्यो भनेर लेखेर पछि नै लागे ।

हामी हिन्दी फिल्म ‘पिके’ मा अन्तरिक्षबाट एक अदभूत व्यक्ति आएर पृथ्वीमा अचम्मका क्रियाकलाप गरेर समाज सुधारेर फर्केको पत्याउँछौ । लजिक खोज्दैनौं तर हामिले गरेको काममा चाहिं यस्तो कहाँ हुन्छ? हुनै सक्दैन, असम्भव देखायो । ए प्रभु, फिल्म बनाएको हो, संविधान होइन, फिल्मले कलाकारितालाई बोक्छ, हरेक कुरामा ‘लजिक’ नखोज्नुस् कति ठाउँमा फिल्म लिबर्टी पनि लिइन्छ ।

महिलाका अधिकारको लागि शिष्ट शब्दमा महाभारतको पाठ पढाउन चिठी लेख्ने महान महिलाज्यू तपाइलाई थाहा छ? ‘छक्का पन्जा २’ को मूल नायक प्रियंका र स्वस्तिमा आमा छोरी हुन् । स्वस्तिमाले चाहिं आइएल्टीएस पास गरेको देखाउनुपथ्र्यो भन्नुभो । अबदेखि लेखकले हरेक कुरा लैंगिक आधारमा हेर्नुर्यो ?

त्यहाँ प्रिया भन्ने पात्रले पनि आइएल्टीएस पास गरेर आकाश उसको डिपेनडेन्टमा गएको देखाइएको छ । त्यता ध्यान गएन महान महिलाज्यू? खोतल्दै गयो भने बाउलाई गाड्या चिहान भेटिन्छ भन्छन् । कति खोतल्नु हुन्छ? कति पछि लाग्नु हुन्छ? कुनै एउटा संस्थाको पुच्छर समातेर आफ्नो स्वार्थको बैतर्नि कहिलेसम्म तर्ने? म एउटा सामान्य मनोरन्जन दिने फिल्म बनाउने मान्छेलाई नैतिक शिक्षाको ठेलीले थिचेर अशक्त बनाउने प्रयास किन? के लगातार सफल हुनु, उद्योगलाई योगदान दिनु, यसबाट सामाजिक हितको काम गर्नु, अपराध हो?

हरेक फिल्ममा महिलालाई महान नै देखाउनु पर्ने ढोंग छोडनुस । खलपात्र पुरूष मात्रै हुनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुस् । जेलमा गएर हेर्नुस्, त्यहाँ पुरुष मात्र हुँदैनन् । लेख्ने कुरा धेरै छ, म यसलाई यहीं टुंग्याउँछु । कृपया मन परे शेयर गरिदिनुस् । दीपक–दीपाले ‘छक्का पन्जा २’ ल्याएको हो, आणविक बम परीक्षण गरेको होइन ।

म आज लेख्दैछू……..हिजो “दीपक दीपा लाइ चिठ्ठि” भन्ने शीर्षकमा पंढ्न पाइयोएक त प्रश्न पढ्नै महाभारत थियो छक्का पन्जाक…

Posted by Deepak Raj Giri on 10 அக்டோபர் 2017

 

फेसबुकबाट तपाईको प्रतिक्रिया