काठमाडौं भ्यु टावरको निर्माण लागत ५ अर्ब बढ्यो

तोकिएको समयभन्दा अगाडि नै सम्पन्न हुन्छ : निर्माणकर्ता


काठमाडौं भ्यु टावरको निर्माण लागत ५ अर्ब बढ्यो

काठमाडौं, असोज २५ । पुरानो बसपार्कमा निर्माणधीन काठमाडौं भ्यु टावरको निर्माण लागत ५ अर्बभन्दा बढी बढ्ने देखिएको छ । बसपार्क क्षेत्रको कुल जमिनमध्ये ४० प्रतिशत भागमा टावरको निर्माण गरी बाँकी ६० प्रतिशत जमिनमा गार्डेन निर्माण गरी निर्माण हुने उक्त टावरको शुरूको लागत १ अर्ब ८७ करोड रुपैयाँ हुने अनुमान गरिएको थियो । तर, निर्माण सामग्रीको मूल्यवृद्धि, प्रविधि र प्राविधिक विदेशबाट ल्याउन परेकाले भ्यु टावरको लागत वृद्धि भई करिब ७ अर्ब रुपैयाँ लाग्ने देखिएको निर्माकर्ता कम्पनी जलेश्वर स्वच्छन्द बिकोई विल्डर्स प्रालिका अध्यक्ष मनोज भेटवालले आर्थिक न्युज डटकमलाई जानकारी दिए ।

काठमाडौं भ्यु टावरको निर्माण लागत ५ अर्ब बढ्यो

उनका अनुसार निर्माणको मूल्यमा ४० प्रतिशतसम्म लागत बढ्ने अनुमान गरिएको भए पनि अहिले कयौं गुणा लागत बढेको छ । साथै समस्या पनि निर्माण कार्य थालेको एक वर्ष नपुग्दै करिब ८० करोड रुपैयाँ खर्च भइसकेको छ । उनले भने–‘यस्तो धेरै लगात र झन्झट हुने थाहा भएको भए काठमाडौं भ्यु टावर निर्माणको टेण्डर प्रक्रियामा नै भाग लिने थिइन् ।’ निर्माण कार्य सुस्त भएन भन्ने प्रश्नमा भेटवालले भने–‘कसरी ढिला भयो मलाई काम गर्न दिएको जम्मा १४ महिना भयो त्यसभन्दा पहिला त काम गर्ने स्थान नै खाली भएको थिएन ।’ यो ग्लोबल टेन्डर भएकाले कसैले यो ठेक्का त्यक्तिकै रद्द भने गर्न नसक्ने भेटवालको दाबी छ ।

केशव स्थापित काठमाडौंको मेयर हुँदा नै यो आयोजना निर्माण गर्ने भनेको तर २२ वर्षसम्म कोही व्यवसायीले निर्माण गर्छु भनेर आएनन् । त्यसैले जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिले नबनाए यो अरु कसैले पनि नबनाउने भेटवाल दाबी गर्छन् ।

काठमाडौं भ्यु टावरको निर्माण लागत ५ अर्ब बढ्यो

यता कम्पनीले भने वित्तीय व्यवस्थापन स्वदेशी र विदेशी कम्पनीबाट गराउँदै आएकोे दाबी गरेको छ । लगानीेका निम्ति रकमको बारेमा अध्यक्ष मनोज भेटवाल भन्छन्–‘लगानीको रकम कसरी जुटाउँदै छु त्यो मलाई मात्र थाहा छ, लागत रकम बढी आउने भए पछि धेरै कम्पनीहरुले आयोजना नै दिन प¥र्योसम्म भन्न पनि आए तर कसैलाई नदिई आफैंले हिम्मत गरे ।’ विदेशबाट उपकरण र निर्माण सामग्री आइसकेकाले टावर निर्माणमा जमिनमा ‘पाइलिङ’ गर्ने काम भइरहेको भेटवालले आर्थिक न्युज डटकमलाई जानकारी दिए ।

नेपालका व्यापारी सबैजसो बैंकको कालोसूचीमा परेको प्रसंग निकाल्दै उनले भने–‘मैले पनि कालोसूचीमा राखेको भन्ने सुने तर यसले केही फरक नपर्ने भन्दै उनी भन्छन् ‘काम गर्दै जाँदा कालोसूचीमा परिन्छ, नाफा कमाइन्छ घाटा हुन्छ, व्यापारको प्रकृति नै यस्तै हो ।’

काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालि र स्वच्छन्द निर्माण सेवालाई संयुक्त रुपमा सार्वजनिक–निजी साझेदारीको मोडलमा १२ तले बहुउदेश्यीय काठमाडौं भ्यु टावर निर्माणको जिम्मा दिएको थियो । महानगरपालिकाले भवन निर्माणका लागि ३ वर्ष अवधि तोकेर सम्झौता गरेको थियो । तर, महानगरले भने ९ तले भवन निर्माणको अनुमति दिएको छ । भूकम्पपछि १२ तल्ला भन्दा अग्ला भवन निर्माण गर्न रोक लगाइएपछि ९ तल्ले टावर निर्माणको प्रक्रिया अगाडि बढेको हो ।

काठमाडौं भ्यु टावरको निर्माण लागत ५ अर्ब बढ्यो

उक्त टावरको २०७२ साल कात्तिक २५ गते उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेका थिए । काठमाडौं भ्यु टावर निर्माणका क्रमा विवाद आएपछि स्वच्छन्द निर्माण सेवा भने यसबाट बाहिरिएको छ ।

टावर निर्माण आरम्भ गर्ने भन्दै २०७३ साल वैशाख २२ गते पुरानो बसपार्कलाई खुल्लामञ्चमा स्थान्तरण गरिएको छ । पुरानो बसपार्कले चर्चेको २३ रोपनी ५ आना ३ पैसा २ दाम जामिनमा काठमाडौं टावर निर्माण गर्ने सम्झौतामा उल्लेख छ । २७ वर्ष निर्माणकर्ता कम्पनीले सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ, सम्झौता अनुसार अबको ३० वर्षपछि काठमाडौं टावर काठमाडौं महानगरपालिकाले सञ्चालन गर्न पाउने छ । २७ वर्षसम्म महानगरपालिकाले वार्षिक दुई करोड ७० लाख रुपैंयाँ जग्गा लिज वापत राजस्व समेत प्राप्त गर्ने सम्झौतामा भनिएको छ ।

काठमाडौं भ्यु टावरको निर्माण लागत ५ अर्ब बढ्यो

फेसबुकबाट तपाईको प्रतिक्रिया