म्यादी प्रहरीमा भर्ना खुल्यो, कसले दिन पाउने आवेदन ?

म्यादी प्रहरीमा भर्ना खुल्यो, कसले दिन पाउने आवेदन ?

काठमाडौं, असोज २४ । सरकारले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ ।

इच्छुक उम्मेदवारले मंगलबार अर्थात् २४ गतेबाटै दरखास्त दिन सक्ने छन् । दरखास्त ७२ वटै जिल्लाका प्रहरी कार्यालयबाट दिन सकिने व्यवस्था प्रहरी प्रधान कार्यालयले मिलाएको छ । भने काठमाडौं, भक्तपुर, ललितपुरका प्रहरी परिसरबाट आवेदन दिन सक्नेछन् ।

नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त र साधारण लेखपढ गर्न सक्ने १८ वर्ष पुगेको र ५४ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

सरकारले ९८ हजार २६८ जवानका लागि भर्ना खुलाएको हो । इच्छुक र योग्यता पुगेका व्यक्तिले आजदेखि यही ३० गतेसम्म आवेदन दिन सक्ने छन् । म्यादी प्रहरीको छनौट कात्तिक ५ गतेदेखि ८ गतेसम्मका सक्ने प्रहरी प्रधान कार्यालयको कार्यतालिकामा उल्लेख छ ।

५५ दिनका लागि नियुक्त गरिने उनीहरुले आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले ५५ दिनका लागि पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउने व्यवस्था छ ।

मंसिर १० र २१ गते हुने चुनावका लागि सुरक्षा प्रदान गर्न नेपाल प्रहरीको मानव स्रोत विकास विभागले म्यादी प्रहरीको भर्ना खोलेको हो ।

म्यादी प्रहरीमा भर्ना खुल्यो, कसले दिन पाउने आवेदन ?

 

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया