यात्रु भई विदेशबाट सामान ल्याउँदै हुनुहुन्छ ? यस्तो छ व्यवस्था

यात्रुहरुले विदेशबाट फर्कदा सुन वा सुनको गहना के कति परिमाणमा, कति महशुल शुल्क बुझाएर ल्याउन सक्छन् ?

नेपाली यात्रुहरु विदेशमा गई फर्कदा आफ्नो साथमा सुन तथा सुनका गहना ५० ग्रामसम्म र चाँदी तथा चाँदीका गहना ५ सय ग्रामसम्म ल्याउँदा कुनै महशुल तिर्नु पर्दैन ।

६ महिना वा सोभन्दा बढी विदेश बसेर फर्कने नेपाली यात्रुहरुले ५ सय ग्रामसम्म सुन तथा सुनका गहना र १ किलोसम्म चाँदी तथा चाँदीका गहना ल्याउदा सुनमा प्रति १० ग्रामको ४२ सय रुपैयाँ र चाँदीमा प्रति १० ग्रामको ५६ रुपैयाँका दरले महसुल तिरेर ल्याउन पाइन्छ । साथै टेलिभिजनमा ल्याउदा इन्चका आधारमा महशुल लाग्छ । वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार १ वर्ष काम गरी फर्किने यात्रुले ३२ इन्च सम्मको टेलिभिजनमा लाग्ने कर महशुल पूरै छुट पाउने व्यवस्था छ ।

गैर आवासीय नेपालीले के–कति परिमाणमा सुन तथा सुनका गहना ल्याउन पाउछन् ?

सुन तथा सुनको गहना ५० ग्रामसम्म पूर्ण छुटमा पैठारी गर्न पाइन्छ । ६ महिनाभन्दा कम अवधि विदेशमा बसेर आउने यात्रुले ४ सय ग्रामसम्म सुन तथा सुनका गहना आफ्नो साथमा ल्याएको भए ५० ग्रामको सुबिधा कटाइ बाँकी परिमाणमा लाग्ने भन्सार महशुलमा ५० प्रतिशत थप गरी महसुल लाग्ने व्यवस्था छ ।

हुलाक पुलिन्दाबाट के–कति मूल्यको समान पैठारी गर्न सकिन्छ ?

स्वीकृत बैकिङ्ग प्रणाली अन्तर्गत भुक्तानी हुने गरी अमेरिकी डलर ५ हजार मूल्यसम्म र बिनाभुक्तानी अमेरिकी डलर २ सय मूल्यसम्मको सामान पैठारी गर्न सकिने कानुनी व्यवस्था रहेको छ ।

नेपाली नागरिक पर्यटकको रुपमा विदेश भ्रमण गर्दा व्यक्तिगत प्रयोग गर्ने यातायातका साधन कार्नेट अन्तर्गत लिई जान मिल्छ वा मिल्दैन ?

पर्यटकहरुलाई कार्नेट सुबिधा अन्तर्गत व्यक्तिगत प्रयोगका यातायातका साधन लिई भ्रमण गर्न दिने प्रचलन भएता पनि नेपाल यस प्राबधान बमोजिमको हस्ताक्षरी राष्ट्र बनिनसकेको सन्दर्भमा कार्नेट सुबिधाको कागजात जारी गर्ने गरेको छैन ।

वैदेशिक रोजगारमा गई लगातार १२ महिना वा सोभन्दा बढी समय काम गरी फर्केका नेपाली नागरिकलाइ ३२ इन्चसम्मको टिभीमा कर महसुल छुट कति पटक दिने व्यवस्था छ ?

यस्तो सुबिधा एक जनालाई एक पटकको लागि मात्र प्राप्त हुन्छ ।

व्याक्तिगत प्रयोजनको सामान निःशुल्क ल्याउन पाउने भन्दा बढी ल्याएमा के हुन्छ ?

औचित्य हेरी लाग्ने महशुलको दोब्वर असुल गरि छाड्ने वा जफत समेत गर्न सक्ने ब्यबस्था गरिएको छ ।

स्रोतः अर्थ मन्त्रालय, भन्सार विभाग

 

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया