एनआरएनको चुनावमा उम्मेदवारको बाढी


काठमाडौं, असोज २३ । यही अक्टोबर १४ देखि १७ मा काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्व सम्मलनले आगामि २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । उक्त नयाँ नेतृत्वमा आफ्नो उम्मेदवारी दिन अहिले विश्वभरी छरिएर रहेका नेपालीहरु तछाडमछाड गर्न थालेका छन् । आगामि शुक्रबार उम्मेदवार नाम औपचारिक रुपमा घोषणा गरिने भएपनि कतिपयले ६ महिना पहिलादेखि नै आफ्नो नाम (एनआरएनए) पदाधिकारीमा उम्मेदवार घोषणा गरिसकेका थिए ।

विश्वभरीबाट यो सम्मेलनमा दुई हजारभन्दा बढी सहभागी हुँदैछन । अध्यक्षको पदमा भवन भट्ट, टिबी कार्की र जमुना घलेको दावी रहेको छ । उपाध्यक्षमा कुमार पन्त, कुल आचार्य, महिला उपाध्यक्षमा सपिला राजभण्डारी र रञ्जु वाग्लेले दावी गरेका छन् ।

एनआरएनएको यो सम्मेलनबाट नेतृत्वमा कस्को मान्छे ल्याउने भन्ने विषयले पनि एनआरएनएका संस्थापक र शेष घलेबीचमा द्धन्द्ध चर्काएको छ । संस्थापक अध्यक्षडा. उपेन्द्र महतो र जिवा लामिछानेको समुहले आफ्नो समूहबाट भवन भट्टलाई अध्यक्षको रुपमा आगाडि सारेका छन् ।

त्यस्तैगरि, घले समूहले अध्यक्षमा शेष घलेले आफ्नौ श्रीमति जमुना गुरुङलाई अध्यक्षको उम्मेदवार बनाए छन् । यसको औपचारिक रुपमा घले समूहले घोषणा नगरेपनि एनआरएनएहरुबीच भने जमुना गुरुङ मार्फत शेष घले पुनः एनआरएनएको नेतृत्वमा बस्न चाहेकाले श्रीमतिलाई अध्यक्षको उम्मेदवार बनाएको चर्चा चलिरहेको छ । तर, घले समूहले भने औपचारिक रुपमा आफ्नो समूहको उम्मेदवार भनेर घोषणा भने गरिसकेको छैन् ।

दुई दशकअघि अस्ट्रेलिया पुगेका घले दम्पत्ति शिक्षण व्यवसाय र रियलस्टेट बिजनेसमार्फत अस्ट्रेलियाको धनाढ्यको सूचीमा १०१ स्थानमा शेष र १०२ औं स्थानमा जमुना गुरुङ रहेकी छिन । शेष घलेको काठमाडौंमा आठ अर्ब रुपैयाँ लगानीमा पाँचतारे डिलक्स होटल शेराटन निर्माणाधीन छ ।

महासचिवमा भट्ट समूहबाट बद्री केसीको नाम चर्चामा रहेको छ । घलेको समर्थनमा त्रिलोक गुरुङले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन । भट्ट समूहको समर्थनमा अहिलेकै कोषाध्यक्ष हिक्मत केसीले कोषाध्यक्षको उम्मेदवारी दिने तयारीमा रहेको बुझिएको छ । त्यस्तैगरि, नुछेत्र गुरुङको पनि कोषध्यक्षमा नै घले समूहबाट नाम आएको छ । सचिवमा धेरैले घोषणा गरे पनि दुवै समूहले ककसलाई समर्थन गर्ने सार्वजनिक गरेका छैनन् ।बेल्जियमबाट जानकी गुरुङले केन्द्रीय सचिवमा उम्मेदवारी घोषणा गरेकी छन् ।

पचासौ वर्ष अघिदेखि विभन्न उद्देश्यले विश्वका विभिन्न कुनामा छरिएर रहेका गैरआवासीय नेपालीहरुले अब एनआरएनहरूलाई हर्ने दृष्टिकोणमा बदल्न जरुरी छ । एनआरएनएको स्थापना कालदेखि हालसम्म उनीहरुले नेपालमा गरेका गतिविधि र नेपालीहरुले गैर आवासीय नेपाली एनआरएनहरु धनी, सम्पन्न मात्र हुन्छन् भन्ने मान्यतालाई चिर्दै विश्वमा नेपालीहरु रहेको मुलुक सम्पन्न मात्र छैनन् त्यसैले एनआरएनएहरु पनि धनी, सम्पन्न मात्रहुँदैनन् भनेर बुझाउन नेतृत्वको टड्कारो खाँचो देखिन्छ । अरब, मलेसिया वा कम विकसित मुलुकमा बसेर आफ्नो पसिना बगाउने गैरआवासीय नेपाली अन्य मुलुकमा रहेका भन्दा धेरैको संख्यामा रहेका छन् । त्यो वर्गलाई एनआरएनको परिभाषाको परिधिभित्र त ल्याउन सक्ला । तर, वास्तविक एनआरएनए बनाउन जुन सोंच, चेतना र एजेण्डाहरूको जरुरी छ, त्यस्ता एजेण्डा ल्याउने नेतृत्वको अभाव भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया