प्रदर्शनको ११ औं दिनमा छक्का पञ्जा–२ को व्यापार १० करोड

काठमाडौं, भदौ २२ । गत असोज ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा–२’ ले १० करोड रुपैयाँको व्यापार गरेको छ । प्रदर्शनको ११ औं दिनमा १० करोड कलेक्सन गरेसँगै स्व. नायक श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्काको चलचित्र कोहिनुरको व्यापारलाई उछिनेको छ ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र छक्का पञ्जा २ मा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल, दीपकराज गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

समिक्षक तथा दर्शकहरुले चलचित्रलाई औषत भने पनि हलहरुमा दर्शकहरु जाने क्रम जारी रहेको छ ।

यसअघि पनि निरौलाकै निर्देशनमा बनेको चलचित्र छक्का पञ्जाले १७ करोडको व्यापार गरेको थियो ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया