रेडियो कार्यक्रम चलाएरै एक वर्षमा ९० मिलियन डलर आम्दानी !

विश्वमा बोल्ने काम गरेरै वार्षीक दशौं मिलियन डलर कमाउने सेलिब्रेटीहरु रहेका छन् । त्यसैमध्येका एक हुन् रेडियो कार्यक्रम प्रस्तोता ‘हाउवार्ड स्टर्न’ । हाउवार्डले सन् २०१६ को जुन महिनादेखि २०१७ को जुन महिनासम्ममा बोलेरै अर्थात् रेडियो कार्यक्रम प्रस्तुत गरेर ९० मिलियन डलर आम्दानी गरेका छन् ।

अमेरिकाको धनाढ्य सेलिब्रेटीको सूचीमा हाउवार्डको नाम पर्ने गरेको छ । उनको कूल सम्पत्ति ४५० मिलियन डलर रहेको छ । सन् २०१५ मा अमेरिकाको ‘साइरस एक्सएम’ सेटलाईट रेडियोसँग झण्डै १०० मिलियन रुपैयाँ तलब पाउने सम्झौता गरेका उनको ‘द हाउवार्ड स्टन शो’ निकै चर्चित रहेको छ । सम्झौता अनुसार उनको कार्यक्रम डिजिटल च्यानलहरु मोबाइल एप्लिकेसन तथा भिडियो मार्फत पनि प्रशारण हुँदै आइरहेको छ । झण्डै ४ घण्टाको उनको रेडियो शो सोमबारदेखि बुधबारसम्म प्रशारण हुने गर्छ । सन् १९७९ देखि निरन्तर रुपमा यो शो प्रशारण हुँदै आइरहेको छ ।

सन् १९५४ मा अमेरिकाको न्यूर्योकमा जन्मेका उनी सन् १९७५ देखि हालसम्म सञ्चार क्षेत्रमा सक्रिय रुपमा लागि परेका छन् । उनी विश्वप्रसिद्ध रेडियो कार्यक्रम सञ्चालकमात्रै होइनन् टेलिभिजन कार्यक्रम प्रस्तोता, रियालिटी शोको निर्णायक, निर्माता, लेखक तथा कलाकार समेत हुन् ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया