इनियस्टाले सम्पूर्ण खेल जीवन बार्सिलोनामै बिताउने


असोज २० । बार्सिलोनाका कप्तान आन्द्रेस इनियस्टाले सम्पूर्ण खेल जीवन बार्सिलोनामै बिताउने गरी नयाँ सम्झौता गरेका छन् ।

बार्सिलोनाबाट ६ सय ३९ खेल खेलेका इनियस्टाले शुक्रबार सम्झौता गरेका हुन् । १२ वर्षको उमेरबाट नै बार्सिलोनाको युथ एकेडेमीसँग आवद्ध भएका मिडफिल्डरले हालसम्म ५५ गोल गरेका छन् ।

उनी पूर्व खेलाडी जाभी हर्नान्डेजपछि कम खेल खेल्ने खेलाडी हुने जाभीले बार्सिलोनाबाट ७ सय ६७ खेल खेलेका थिए ।
बार्सिलोनाबाट उनले ३० वटा महत्वपूर्ण उपाधी जितिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया