पर्यटन क्षेत्रमा लगानी बढ्दै

काठमाडौं, असोज २१ । लगानीको लागि आकर्षक मानिएको नेपालको पर्यटन क्षेत्रमा २०६२/६३ को जनआन्दोलनपछि वैदेशिक लगानी निकै बढेको छ । उद्योग मन्त्रालयको तथ्यांकअनुसार २०४६ सालसम्ममा नेपालको पर्यटन क्षेत्रमा ८२.६३ मिलियन रुपैयाँ लगानी भएको देखाएको छ ।

नेपालमा पटक–पटक भएको राजनीतिक परिवर्तनको घटनाले वैदेशिक लगानीकर्ताको लगानीको सुरक्षा प्रश्नले वैदेशिक लगानीकर्ताहरु हच्किए पनि क्रमशः लगानी बढ्दै गएको पाइएको छ । तत्कालीन सरकारले सन् १९९८ मा ‘भिजिट नेपाल १९९८’ नारा ल्याएर विश्वका पर्यटक नेपाल भित्र्याउन लागेको समयमा केही लगानी बढेको पाइएको छ । तर, माओवादीले जनयुद्धको समय आर्थिक वर्ष २०५४/५५ मा नेपालमा ११७४.०४ मिलियन रुपैयाँ वैदेशिक लगानी भयो भने अर्को वर्ष उक्त लगानी १९९.९३ मिलियनमा झर्यो ।

२०६२/६३ मा भएको जनआन्दोलनले मुलुकको पर्यटन विकासमा केही योगदान पुर्याएको तथ्यांकले देखाएको छ । आन्दोलनको समाप्तिपछि हुन लागेको संविधानसभाको चुनावमा सबैजसो राजनीतिक दललले मुलुकको आर्थिक विकासको लागि पर्यटन क्षेत्रको विकास हुनुपर्ने भन्दै उक्त क्षेत्रलाई प्राथमिकतामा राखेको सकारात्मक असर पर्यटन क्षेत्रमा पनि देखियो । पहिलो संविधानसभाको चुनावपछि आर्थिक वर्ष २०६४/६५ मा लगानी ७४४.९९ मिलियन पुग्यो । चुनावपछि आएका सरकारको आयु एक वर्षको हाराहारीमा मात्रै रहेको कारण जति मात्रामा लगानी बढ्नुपथ्र्याे त्यति बढ्न सकेन । हरेक सरकारले आर्थिक समृद्धिको नारालाई अगाडि सारे पनि पर्यटन क्षेत्रलाई कतिको प्राथमिकतामा राख्छ भन्ने प्रश्नले लगानीकर्ता लगानीको सुरक्षाको कारणले हच्किएको देखाउँछ ।

तथ्यांक स्रोतः कम्पनी रजिष्ट्रारको कार्यालय

पर्यटनको अथाह सम्भावना रहेको नेपालमा आर्थिक वर्ष २०६९/७० मा वैदेशिक लगानी ३९७२.७६ मिलियन रुपैयाँ भएकोे थियो । आर्थिक वर्ष २०७३/७४ मा लगानी अहिलेसम्मकै उच्च ५९८३.४९ मिलियन रुपैयाँ पुगेको छ ।

लगानी बढ्दै जाँदा पर्यटन क्षेत्रको पूर्वाधारहरु पनि बढ्दै गएको छ । जसबाट पर्यटकले गुणस्तरीय सेवा सुविधा पनि पाउँदै गएका छन् । विमान कम्पनीहरुले अन्तर्राष्ट्रिय र आन्तरिक उडान थप्नु थालेका छन्, तारे तथा अन्य सुविधा सम्पन्न होटलको संख्यामा वृद्धि हुनु, पर्यटकीय क्षेत्रमा पनि खाना तथा आवासको राम्रो सुधिवा हुनु, रिर्सोट, होम स्टे लगायतका संरचना बढ्दै जाँदा पर्यटकलाई थप सुविधा प्रापत भएको छ ।

नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि मौलिक ब्रान्डको रुपमा ‘नेचुरल्ली नेपाल ः वान्स इज नट इनअफ’ नारालाई अगाडि सारिएको छ । नेपालले पर्यटन दूरदृष्टि–२०२० जारी गरिसकेको छ । आएका पर्यटकको भ्रमण अवधि लम्ब्याउनको लागि मौलिक संस्कृति झल्काउने मेलालाई पनि प्राथमिकतामा राखेको हुँदा पर्यटनको संख्या बढ्दै गइरहेको छ । यसरी पर्यटकहरु बढ्दै जाँदा भोलिको दिनमा बढ्न सक्ने पर्यटकको संख्यालाई मध्यनजर गर्दै थप लगानी आवश्यक रहेको छ ।

मुलुकमा नयाँ संविधानको कार्यान्वयन शुरु भएपछि लगानीको वातावरण बन्दै गएकाले वैदेशिक लागनीमार्फत् फराकिलो अवसर सिर्जना भएको छ । गत वर्षको फागुनमा सम्पन्न भएको लगानी सम्मेलनबाट पनि वैदेशिक लगानी भित्रने प्रतिबद्धता आएकाले आगामी आर्थिक वर्षमा लगानी बढ्ने अनुमान गर्न सकिन्छ ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया