नेपालमा २ लाख मिलियनभन्दा बढी वैदेशिक लगानी

काठमाडौं, असोज २० । नेपालमा राजनीतिक वातावरणको सुधारसँगै वैदेशिक लगानीको वातावरण पनि बन्दै गएको तथ्यांकले देखाएको छ । नेपालमा लगानीको अवसर गर्ने प्रशस्त रहेता पनि विभिन्न घटनाक्रमले राजनीतिक अस्थिरता हुँदै जाँदा वैदेशिक लगानी खुम्चिदै जाने र सुधार हुने बित्तिकै लगानी पनि बढ्ने गरेको पछिल्लो दुई दशकको उद्योग मन्त्रालयको तथ्यांकले देखाएको छ । नेपालमा भएका हरेक राजनीतिक घटनाक्रमपछि लगानीको सम्भावना देखेर लगानीकर्ताहरु आउने र खुम्चिने क्रम यथावत रहेको छ ।

नेपालको राजनीतिक परिवर्तनको एउटा अध्याय वि.स. २०४६ सालसम्म नेपालमा कूल वैदेशिक लगानी जम्मा ४४९.५६ मिलियन रहेको थियो । त्यस बखतसम्म विदेशी लगानीकर्ताले नेपालको निर्माण क्षेत्रमा ६ मिलियन, उत्पादनशील क्षेत्रमा ३४७.३६ मिलियन, सेवा क्षेत्रमा १३.५८ मिलियन तथा पर्यटन क्षेत्रमा ८२ मिलियनबराबरको लगानी गरेका थिए ।

वि.स. २०५२ सालमा तत्कालीन माओवादीले ‘जनयुद्ध’ शुरु गर्नुभन्दा अगाडिसम्म वैदेशिक लगानीकर्ता आकर्षित भइरहेको अवस्था थियो । तर, जनयुद्धका नाममा शुरूमा हत्या, अपहरण, लुटपाट, चन्दा आगजनीलगायतका कारणले लगानीकर्ताहरु हच्किन पुगे । वि.स. २०५२ देखि २०६२/६३ को परिवर्तन हुँदासम्म विगतको तुलनामा वैदेशिक लगानी वृद्धि भए पनि जुन अनुपातमा बढ्नुपर्ने थियो त्यो हिसावले बढेको पाइँदैन । आर्थिक वर्ष २०६२/६३ को परिवर्तनपछि लगानी सुरक्षा हुने आशामा लगानीकर्ताहरुले लगानी बढाएको देखिन्छ । आर्थिक वर्ष २०६३/६४ सम्म आइपुग्दा वैदेशिक लगानी ३,१८५ मिलियन भएकोमा आर्थिक वर्ष २०६४/६५ मा बढेर ९,८१२.६० मिलियन पुगेको थियो ।

बढ्दो राजनीतिक अस्थिरताको बीचमा पनि सरकारले लिएको खुला अर्थतन्त्रको नीतिलाई अगाडि सर्दै निजी लगानीकर्तालाई आकर्षित गर्न थालेपछि नेपालमा वैदेशिक लगानीमा सुधार हुँदै गएको विज्ञहरूको भनाइ छ ।

तथ्यांक स्रोतः कम्पनी रजिष्ट्रारको कार्यालय

त्यस्तै दोस्रोपटकको संविधानसभाको निर्वाचनमार्फत्मा नयाँ संविधान आउने निश्चित भएपछि आर्थिक वर्ष २०७१/७२ मा नेपालमा ६७,४५५.०४ मिलियन वैदेशिक लगानी भएको थियो ।

वि.स. २०७२ सालमा नयाँ संविधान जारी भएपश्चात नेपालमा लगानी वातावरणको सम्भावना बढेर गएको दाबी त्यसपछिका हरेक सरकारले गर्दै आएका छन् । व्यापारघाटा कम गर्नको लागि नेपालमा लगानी गर्ने वातावरण बनाउने उद्देश्य हरेक सरकारले प्राथमिकतामा राख्ने गरेको छ ।

यसै सिलसिलमा पूर्ववर्ती सरकारले वि.स. २०७३ फागुनमा नेपालमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले ‘नेपाल इन्भेस्टमेन्ट समिट–२०१७’ समेत आयोजना गरिएको थियो ।

उक्त सम्मेलनबाट १४ खर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ । जसमध्ये चीनबाट मात्रै सबैभन्दा बढी ८ खर्ब ७९ अर्ब रुपैयाँको प्रतिबद्धता आएको छ । तर, सरकार परिवर्तन तथा राजनीतिक ध्रुबीकरण बढ्दै गएको सन्दर्भमा उक्त सम्मेलनबाट आएको प्रतिबद्धता के हुन्छ भन्ने आशंका लगानी क्षेत्रमा उत्पन्न भइसकेको छ । नेकपा एमाले, माओवादी केन्द्र तथा नयाँ शक्ति नेपालबीच भएको वाम गठबन्धनपछि उत्पन्न भएको राजनीतिक उतारचढाबका कारण झनै शंका जन्माएको छ । वामपन्थी सरकार वैदेशिक लगानीकर्तामा निम्ति बाधक हुने आम बुझाइ रहेको सन्दर्भमा नेपालको व्यापारघाटा कम गने, आयातभन्दा निर्यातलाई बढाव दिन, नेपालको कसल गार्हस्थ्य उत्पादन बढाउनेलगायतका कार्यका निम्ति नेपालको जलविद्युत्, पूर्वाधार निर्माण, पर्यटन, कृषिलगायतका क्षेत्रमा ठूलो लगानीको आवश्यकता पर्छ । त्यसका निम्ति स्वदेशी पुँजी पर्याप्त नहुँदा वैदेशिक लगानी नै दरिलो विकल्प हो ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया