ताजकिस्तानसँग हुने खेलका लागि नेपाली टोलीको घोषणा


काठमाडौं, असोज १८ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ताजकिस्तान विरुद्ध हुने खेलको लागि २३ जना खेलाडीहरुको नामावली सार्वजनिक गरेको छ । एन्फाले एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानविरुद्ध हुने दोश्रो खेलका लागि बुधबार खेलाडीहरुको सूची सार्वजनिक गरेको हो ।

खेलाडीहरुको सूचीमा अनिल गुरुङको नाम भने समाबेश गरिएको छैन । चोटका कारण प्रशिक्षणमा समेत सामेल नभएका कारण अनिलको नाम नअटाएको हो ।

छनोटअन्तर्गत गत महिना सम्पन्न पहिले खेलमा नेपाल ताजकिस्तानसँग २–१ गोलले पराजित भएको थियो । खेल असोज २४ गते हुनेछ ।

खेलाडी तथा प्रशिक्षकको सूची

फेसबुकबाट तपाईको प्रतिक्रिया