कति कमायो चलचित्र ‘छक्का पञ्जा २’ ले ?

काठमाडौं, असोज १८ । असोज ११ गतेबाट देशभरि प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा २’ ले एक सातामा काठमाडौं र मोफसल गरी ८ करोड भन्दा बढीको ग्रस कलेक्सन गरेको छ । चलचित्रले राजधानीबाटमात्रै ४ करोड १८ लाखको व्यापार गरेको छ ।

चलचित्रले मोफसलबाट मंगलबार ५० लाखको ग्रस कलेक्सन गरेको मोफसल वितरकको जिम्मा पाएका नरेन्द्र महर्जनले बताए । मोफसलबाट चलचित्रले सात दिनमा ३ करोड ८३ लाखको ग्रस कलेक्सन गरेको उनले बताए । काठमाडौंबाट चलचित्रले हिजोमात्र ५२ लाखको व्यापार गरेको थियो ।

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल, वर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया