NMB Bank Saral Bachat Khata

राष्ट्र बैंक लघुवित्त कम्पनीको पुँजी वृद्धिको तयारीमा

राष्ट्र बैंक

काठमाडौं, भदौ १९ । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने तयारी गरेको छ । राष्ट्र बैंक स्रोतकाअनुसार यसै साता बस्ने बैंक सञ्चालक समितिको बैठकले लघुवित्त कम्पनीको चुक्ता पुँजी वृद्धिको निर्णय गर्ने बताइएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्रियस्तरका लघुवित्त कम्पनीको दर्ता बन्द गरेको छ । हाल सञ्चालनमा रहेको लघुवित्त कम्पनीलाई थप सवल र सक्षम बनाउनका निमित्त पुँजी वृद्धिको नीति अगाडि सारिएको स्रोतको भनाइ रहेको छ । स्रोतले आर्थिक न्यूजलाई दिएको जानकारी अनुसार लघुवित्त कम्पनीकहरुको ऋणको ब्याजदरमा पनि थप कडाइ गर्न सक्ने सक्ने जनाएको छ ।

यो पनि हेर्नुहोस

‘लघुवित्तमा विकृती देखियो अब संख्या घटाउनु पर्छ’
सधैं लगानीकर्ताको रोजाइमा पर्ने लघुवित्त कम्पनीको प्रतिफल कस्तो छ ?

फेसबुकबाट तपाईको प्रतिक्रिया