NMB Bank Saral Bachat Khata

नाडा अटो शो : ग्राहक र साहुको आँखा …तिर, मोडलको पीडा आफैंसित

आरपी रोविन ‘जिज्ञासु’

काठमाडौं, साउन १८ । “देवी त देवी टुँडालदेवीको मूर्ति पनि झन्डै चोरिएको रे। कस्तो काल! हामी केही नचोरियोस् भनी देवता पुकार्छौं, देवता स्वयं चोरिन्छन् हेर न …!”

“हेरिसकें मैले, त्यही बेलबटम्वाली होइन? निकै नखरमाउली रहिछ।” ब्यङ्गकार भैरव अर्यालको चर्चित निवन्ध असनको डबलीमा उल्लेख यो सम्बादसँग ठ्याक्कै मेलखाने बार्तालाप मेरो अघि उभिएका दुईजना अधबैसेको सुनेपछि मैले निधो गरें – अब यिनैको ‘फलो’ गर्छु । उनीहरु अघि बढ्दै गए मैले नजानिँदो ढङ्गले पछ्याएँ ।

एकजना आकर्षक बाइकमा पुर्याएर आँखा अड्याउँथे, अर्का चाहीं युबतिका अङ्गहरुमा । यस्तो दृश्य देख्न पाइने नाडा अटो सो- २०७४ (भाद्र १३-१८) सम्पन्न भयो ।

राजधानीमा जारी नाडा अटो शोमा नयाँ अटोमाबाइल प्रदर्शनीमा आएको कुरा सबैलाई विदितै छ । ग्राहकमा अटोसम्बन्धी लागेका सम्पूर्ण कौतुहलता मेटाउने उद्देश्यसहित आयोजना गरिएको यस मेलामा गाडी तथा बाइक मात्र नभएर अर्को एक कुरा सबैको आखाँको तिर्खा मेट्ने थलो बन्यो । गाडी तथा मोटरसाइकलको अगाडि बसेर औसतभन्दा केही छोटो पहिरनमा ग्राहक लोभ्याउने व्यापारीका कौडा बनेका थिए – सुन्दर युवतीहरु ।

प्रदर्शनीमा अटो व्यवसायीहरुले आफ्नो विभिन्न ब्रान्डका सवारी साधन, पार्टपूर्जा, लुब्रिकेन्टलगायतका बारेमा जानकारी दिइने बताए पनि मेला हेर्न जाँदा अवलोकनकर्तालाई अर्कै पार्टपुर्जा हेर्ने मौका पाएको भान हुन्छ । घँुडामाथिको पहिरन, छोटो स्कट तिघ्रा माथि सर्ला कि तथा गोप्य अंग देखिएला भन्ने डरले कपडा तान्दै गरेकी युवती मेलाका ग्राहक, साहु, फोटोग्राफर सबैको गिद्धे दृष्टिमा परेका हुन्छन् ।

महँगो कार, डिजाइन, उनीहरुका स्किमबारे झुम्मिने मेलाका ग्राहक युवती तथा उनीहरुले खेलाउने गेम, एकाउन्समेन्टमा पनि झुम्मिने गरेका छन् । ‘अझ मौका कुर्नेहरु त कतिखेर युवतीको कपडा सर्छ र उनीहरुको गोप्य अंग हेरौ भन्दै आँखा चियाउँदा रहेछन् ।’ मेलामा सहभागी एक व्यक्तिले भने । ‘कार हेर्न भनेर मेला आएको मौकामा अन्य कुरा पनि आकर्षणमा रहछन् ।’ उनले थपे ।

मेलामा मोडलको काम गर्नेे काम गर्न धेरै गाह्रो रहेको एक युवती बताउँछिन् । उनको यस्तो काममा अनुसार ७–८ घन्टा लगातार गाडीको अगाडि उभिनुपर्ने हुन्छ, जहिले मुस्कुराइरहनुपर्छ । जसले गर्दा खट्टा नराम्रोसँग दुख्ने, बेलुका पैताला सुन्निने, रातो भइसक्ने आदि हुन्छ । ‘दिनभरि मुस्कुराउँदा बेलुका मुख खाना निल्न लायक हुँदैन ।’ उनको अनुभव छ ।
‘पहिलो दिन ६ सेमिको हिल लगाएकी म, त्यसयता हिलबिनै उभिएकी छु ।’ उनले भनिन् । कम्पनीबाट हिल अनिवार्य लगाउन आदेश आउँछ तर आफैंले राम्रोसँग बुझाएर हिल लगाउन प्रेसर नदिन आग्रह गरेको उनले बताइन् ।

हाम्रो जिज्ञाशामा उनले थपिन्,–‘थकाईको कुरै नगरौं, निद्रा पनि यति छोटो लाग्छ की सुत्ने बित्तिकै उज्यालो भएको जस्तो लाग्छ । बिहान कहिल्यै नआओस् जस्तो लाग्छ । तर, त्यो सम्भव छैन । अनि फेरि सोच्छु, केही दिन त हो । आर्थिक मूल्यांकन राम्रो हुने भएकाले सबै दुःख बिर्सिन्छु ।’

उनीहरुका अन्य समस्या दिनैपिच्छे एउटै लगाएको कपडा लगाउनुपर्ने रहेको छ । साधारणतया गर्मी र धुलोका कारण कपडा एकै दिनमा मैलो हुन्छ, त्यसलाई पनि धुनुपर्ने हुन्छ । साधारणभन्दा केही छोटो कपडा लगाउँदा केही असहज भएका महशुस हुने उनीहरु बताउँछन् ।

‘मान्छेहरु हामीलाई हेर्न पाउँदा मख्ख पर्छन्, फोटो खिचेर लान्छन् । कोही सहानुभूति पनि व्यक्त गर्छन् तर जतिसुकै गाह्रो भए पनि काम त गर्नैपर्छ ।’ स्टलमा उभिएकी अर्की युवतीले बताइन् । तर उनको बुझाईमा यसरी काम गर्नुको केही सकारात्मक पक्ष पनि छ । उनको अनुसार सकारात्मक पक्ष भनेको उनीहरु एउटा ब्रान्डलाई प्रतिनिधित्व गर्छन् र सबैको अगाडि उभिँदा कन्फिडेन्स बढ्छ । ‘हा हा हा… यति दुःख गरेवापत पैसा पनि राम्रै आउँछ ।’ हाँस्दै उनले भनिन् । ‘हामीले गाडी नचलाए पनि गाडीको बारेमा इन्फरमेसन दिन सक्छौं, व्यक्तित्व विकास राम्रो हुन्छ ।’

 

मोटरसाइकलको स्टलमा हुनेलाई भने खासै समस्या नरहेको त्यहाँकी एक युवतीले बताइन् । ‘हामी प्रायः बाइकमाथि नै बस्छौं, खासै समस्या छैन । आर्थिक मूल्यांकन पनि राम्रो हुने भएकाले म यस पेशाप्रति सन्तुष्ट नै छु ।’ उनले भनिन् ।
‘मलाई कसले कताबाट घुरिरहेको छ, विचार गरिरहेकी हुन्छु । तर, यो बाध्यता पनि हो, हामीलाई त्यसको मतलब नगर्न निर्देशन दिइएको हुन्छ । छोटो कपडा लगाउनका अलवा हामीलाई ग्राहकसँग राम्रो विहेभ गर्न भनिएको हुन्छ ।’ उनले भनिन् । ‘यो सबैका गर्नुको एउटै ठूलो फाइदा छ । यसो गरेवापत हाम्रो कामको राम्रो मूल्यांकन पनि हुन्छ । ’
हाम्रो लगाईप्रति समाजले कुन दृष्टिले हेर्छ भन्ने कुरामा मेरो समस्या छैन । म आफ्नो व्यक्तित्व विकासका लागि डटेर लागेकी छु । म खराव नभए पनि समाजले मलाई अर्को नजरले हेर्छ भने समाज गलत हो । नारीलाई वस्तुकरण गरिएको छ । केटी भन्ने बित्तिकै हट र सेक्सीका उपमाले पुुकारिन्छ, यो वषौंदेखि चलेको हो । यस विषयमा सबैको एउटै भनाइ छ । तसर्थ झट्ट हेर्दा यो बाध्यता जस्तो देखिन्छ ।

अर्कोतिर स्टल साहुजीहरुको भने अर्कै बुझाइ छ । युवतीहरु सबैको आकर्षणको केन्द्र रहने तथा उनीहरुको बोली पनि इफेक्टिभ हुने गरेकाले आफूहरुले विषेश गरी युवतीलाई नै राज्ने गरेको उनी बताउँन् । नाम गोप्य राख्ने सहमतिमा उनले भने,–‘यो हाम्रो लागि बाध्यता पनि हो । राम्रा राम्रा युवती राखे ग्राहक झुम्मिन्छन्, नत्र स्टल नै खाली हुन्छ ।’

कति पाउँछन् पारिश्रमिक

पछिल्लोपटक ग्ल्यामर्स बन्दै गएको नाडा अटोशोमा मोडल अभाव हुँदै गएपछि अहिले विदेशी मोडलको पनि प्रयोग गर्न थालिएको छ । करिब एक सातासम्म चल्ने यो शोमा युवतीहरू शो पिसका रूपमा प्रस्तुत गरिन्छ । यस वापत उनीहरूको पारिश्रमिक कति हुन्छ भन्ने कुरा धेरैले नखुलाए पनि एक कम्पनीका म्यानेजरल भने–‘युवतीलाई भनेर हामीले दैनिक कम्तिमा ५ हजार, ड्रेस अप, मेकअप र खाजा खाना दिन्छौं । तर, इभेन्ट म्यानेजमेन्ट कम्पनी र एजेन्सीले कति दिन्छन् जानकारी हुँदैन ।’

नाडा अटो शोको एक स्टलमा भेटिएकी युवतीले अन्काउँदै भनिन्–‘नयाँलाई दिनको हजार १५ सय रुपैयाँ दिन्छन्, पुरानालाई ३/४ हजार दिन्छन् । सबैको एकामस हुँदैन ।’ कम्पनीको स्टलमा राख्नका लागि इभेन्ट म्यानेजमेन्ट कम्पनी र विज्ञापन एजेन्सीले मोडल आपूर्ति गर्दै आएका छन् ।

दिनचर्या
बिहान उठ्ने
कपडा आइरन लगाउने
तयार हुने/मेकअप गर्ने,
खाना खाने
मेला आउने
ग्राहकलाई गाडीको बारे बताउने
खाजा खाने
फेरि बुझाउने
घर जाने
कपडा धुने
खाना खाने
सुत्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया