परमाणु तागतमा पाकिस्तान भन्दा भारत कमजोर !


भारत र चीनको जनसंख्या जोड्ने हो भने अढाई अर्व भन्दा बढी हुन्छ । यदी यसमा पाकिस्तानको २० करोड थप्ने हो भने त् विश्वको पुरै जनसंख्याको ४० प्रतिशत भन्दा माथी हुनजान्छ ।

यी तिनैवटा देशहरु परमाणु शक्ति सम्पन्न छन् । अनि यिनीहरु बीच अहिले तनाबको स्थिति छ । यदी कुनैबेला यी मुलुकहरु आणविक युद्दमा होमिए भने सिधा सिधा विश्वको ४० प्रतिशत मानिसहरु खतरामा पर्छन् जसमा यही क्षेत्रमा रहेका नेपाल र बंगलादेशका बासिन्दा पनि नराम्ररी प्रभावित हुन्छन् । अहिले बढेको भारत र चीनको तनाब युद्दको तह सम्म पुग्यो भने पाकिस्तान तटस्थ रहने सम्भावना नरहेको विश्लेषकहरुले बताई रहंदा केही प्रश्नहरु उठेका छन् ।

पाकिस्तानसँग गत साल तनाब बढेको बेला भारतीय रक्षा मन्त्री मनोहर पर्रिकरले परमाणु हतियारको प्रयोगको सम्बन्धमा भारतले अंगीकार गरेको ‘नो फर्स्ट यूज’ को नीतिलाई पुनर्विचार गर्नुपर्ने राय सार्वजनिक गरेपछी कुनै पनि बेला कुनैपनि प्रकारको निर्णयको लागि यी मुलुकहरु तयार रहेको देखिएको छ ।

अहिले चीनले डोक्लाम मामिलामा भारत अनावश्यक रुपमा घुसेको भन्दै कडा चेतावनीहरु दिईरहेको अवस्था छ । यता भारत पनि गएको वर्ष डिसेम्बरमा सफलतापुर्वक अग्नि-V मिसाइलको परिक्षण गरेपछि धेरै हौसिएको छ । यो यस्तो अन्तरमहादेशीय मिसाइल हो जसले ५५०० देखि ५८०० किलोमिटर सम्म मार हान्न सक्छ भने ५० हजार केजी वजन भएको १७.५ मितार्लामो यो मिसाइलको गति २४ मैक छ ।

कुन मुलुकसंग कति हतियार छन् ?

विशेषज्ञहरुले यदी चीन र भारत बीच युद्द भयो भने त्यो आधुनिक युद्धको रुपमा हुने र केवल जमिनमा मात्र नभएर समुद्र र आकाशमा पनि युद्द हुने बताइरहेका छन् । वास्तबमै त्यस्तो अवस्था आयो भने चीनलाई पाकिस्तानले पनि साथ दिने र परमाणु हतियार भारतसँग भन्दा पाकिस्तानसँग समेत धेरै रहेको देखिईरहेका बेला भारतले चीन र पाकिस्तानको आक्रमणलाई थोरै बेर समेत थेग्न नसक्ने विश्लेषण गरिँदैछ ।

(एजेन्सीहरुको सहयोगमा)

फेसबुकबाट तपाईको प्रतिक्रिया