नेपाली पप गीत हुक्का रे… सार्वजनिक (भिडियोमा)


काठमाडौं, साउन ३१ । गायक सेखर बगडियाको आफ्नै शब्द र स्वरमा भएको हुक्का रे… सार्वजनिक भएको छ । उक्त गीतलाई युट्युबमा मार्फत सार्वजनिक गरिएको हो ।

सुब्रत राज आचार्यले निर्देशन गरेको यस गीतका सङ्गीतकार सोहन मानन्धर रहेका छन् भने एरेन्जर बिजेश्वर तन्डुकार ले गरेका छन । गीतको भिडियोमा कोरियोग्राफी सुनिल छेत्री एवम् नेपाली ठिटो समुहको छ भने निशा जोशी, शुस्मा अधिकारी, सौरभ अधिकारी, पवन अग्रवाल एवम नेपाली ठिटो समुहको अभिनय रहेको छ ।

पप र र्यापमा आधारित यस गीतको भिडियो पश्चिमेली स्टाइलको रहेको र नेपाली गीत सङ्गीतमा बिल्कुल नयाँ प्रयोग गरिएको गायध बगडिया ले जानकारी दिए ।

भिडियोलाई मुर्त रुप दिन छांयाकार अर्जुन तिवारीले गरेका छन भने सम्पादन भरत रेग्मीले गरेका छन ।
मारवाडी समुदायका गायक शेखरले यस अघी ‘नक्कली मोरी…’ ‘गरिमा गरिमा…’ लगायतका दर्जनौ गीत गाइसकेका छन ।
उनको गरिमा गरिमा बोलको गीत एकताका धेरै चर्चित रहेको थियो ।

https://youtu.be/s_3V6MKlIGk

फेसबुकबाट तपाईको प्रतिक्रिया