न्यु डायमन्डको मुख्य प्रायोजकमा शिवम् सिमेन्ट


काठमाडौं, भदौं ३ । नेपाली महिला भलिबल टोली न्यू डायमण्ड एकेडेमी एनडिए)को मुख्य प्रायोजन शिवम् सिमेन्टले गर्ने भएको छ ।

शिवम् सिमेन्टले नैकापको न्यू डायमण्ड एकेडेमी (एनडिए)लाई एक वर्षको लागि मुख्य प्रायोजनको सम्झौता गरेको हो ।
शनिबार भएको सम्झौता कार्यक्रममा शिवम् सिमेन्ट लिमिटेडका सेल्स एन्ड मार्केटिङ उपाध्यक्ष सजन देवकोटा र एनडिए प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार शिवम् सिमेन्टले एनडिएलाई एक वर्षका लागि ८ लाख नगद सहयोग गर्नेछ । त्यसमा न्यु डायमन्डले आयोजना गर्ने एउटा प्रतियोगितामा शिवम सिमेन्ट मुख्य प्रायोजकको रुपमा रहनेछ ।

सम्झौतासँगै एनडिएले शिवम् न्यू डायमण्ड भलिबल टिमको नामबाट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेल्नेछ भने खेलाडी तथा अफिसियलले शिवम् सिमेन्टको लोगोअंकित जर्सी लगाउनेछन ।

सम्झौतापछि न्यू डायमण्डका प्रिन्सिपल समेत रहेका प्रशिक्षक कुमार राईले भलिलबल टिमलाई थप अभिभारा थपिएको महसुस भएको बताए । उनले भने ‘लामो समयपछि नेपालको नम्बर वान सिमेन्टसँग न्यू डायमण्डले इतिहासमै पहिलो पटक वार्षिक सम्झौता गरेको छ । यसका लागि कम्पनीका सुरेन्द्र गोयललाई धन्यवाद ।’

यस्तै शिवम् सिमेन्टका सजन देवकोटाले सिमेन्ट उत्पादनमा नो कम्प्रमाइज भने जस्तै खेलकुदमा पनि सामाजिक उत्तरदायित्वको रुपमा सहयोग गरेको र न्यू डायमण्डसँग जोडिन पाउदा अझै खुशी लागेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया