इन्दिरा जोशीको तीज गीत सार्वजानीक (भिडियोसहित)


काठमाडौं भदौ ३ । नेपालकी चर्चित गायिका इन्दिरा जोशीले यो बर्ष तीज गीत गाएर तहल्का मच्चाएकी छन् । बढी मात्रामा पप तथा आधुनिक गीतमा रम्दैआएकी गायिका जोशीले आयो बैरी लै बोलको देशप्रेमले सजिएको अनि माइति नेपाललाई सम्झेको शालिन तीज गीत गाएर गाएकी छन्।

त्यसो त भन्नेहरुले इन्दिरा जोशीलाई नेपाली सकिरा पनि भन्ने गर्छिन् । यिनै नेपाली सकिराको तीज गीतको भिडियोमा विदेशमा रहेकी एक नेपाली चेली जो तीजको दिन माइतिघर नेपाललाई सम्झेर परदेशमा तीज गीतमा रमाउने गर्छिन् ।
यस्तै प्रसंग रहेको तीज गीत नेपालका अत्यन्त चर्चित संगीतकार राजु सिंहको संगीतमा रेकर्ड भएर छोटो अवधिमा गीतको भिडियो समेत तयार भएको छ । उक्त गीत शुक्रबार युट्युब मार्फत रिलिज भएको छ ।

गीतमा भरत बमजन र ईश्वर थापाको शव्द रहेको छ भने अभिनय नायिका सुषमा अधिकारी, पवित्रा भण्डारी लगायतकाको रहेको छ । गीतको छायाँकन भने शंभु चालिसेले गरेका छन् । जसमा शिव विकको निर्देशन रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया