तलेजु मन्दिरको पुनर्निर्माणमा जापानको चासो


काठमाडौं, भदौ १ । जापानले भूकम्पका कारण क्षतिग्रस्त काठमाडौंको हनुमानढोका दरबार र पाटनको देगु तलेजु मन्दिरको पुनर्निर्माणमा चासो देखाएको छ । बिहीबार सिंहदरबारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेसँगको भेटवार्तामा नेपालका लागि जापानी राजदुत मासाचि ओगावाले ऐतिहासिक सम्पदाका रुपमा रहेका हनुमानढोका दरवार र पाटनको देगु तलेजु मन्दिरलाई तीव्रताका साथ पुनर्निर्माण गर्नेवारे छलफल गरेका हुन् ।

राजदूत ओगावाले ती सम्पदा पुनर्निर्माणलाई तीव्रता दिन आवश्यक पर्ने बजेटलाई दु्रत प्रक्रियाबाट खर्च गर्नेवारे प्राधिकरणका सीइओ पोखरेलसँग जिज्ञासा रखेका थियो ।

सो क्रममा सीईओ पोखरेलले अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गरेर जापानले दिने भनिएको सहयोगलाई दु्रत प्रक्रियाबाट सम्पदा पुनर्निर्माणमा खर्चे गर्ने गरी आवश्यक कार्यविधि बनाउन सकिने जानकारी गरेएका छन् ।
भेटमा राजदूत ओगावाले सिंहदरबारको पश्चिमी मोहडातर्फको भागको प्रवलीकरण तथा पुनर्निर्माणमा भइरहेको प्रगतिबारे चासो राख्दै आवश्यक परे आफूहरु पनि सहयोग गर्न इच्छुक रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया