NMB Bank Saral Bachat Khata

रेमिट्यान्सको वृद्धिदर बढ्न सकेन, मुद्रास्फीति ४.५ प्रतिशत

काठमाडौं, भदौ ५ । विदेशमा रहेका नेपालीले पठाउने रेमिटेन्सको बृद्धि दर ७ दशमलब ७ घटेर ४ दशलमब ६ प्रतिशतमा सीमित भएको छ । एक वर्षमा ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७३/७४मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.५प्रतिशतमा सीमित रहेको । अघिल्लो वर्षसो मुद्रास्फीति ९.९ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०६१/६२ पछि पहिलो पटक वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.५ प्रतिशतमा झरेको हो । उक्त ४.५ प्रतिशतको उपभोक्ता मुद्रास्फीति दर आर्थिक वर्ष २०७३/७४ को ७.५ प्रतिशतको लक्ष्यभन्दा कम रहेको छ ।

आर्थिक वर्ष २०५९/६० पछि आर्थिक वर्ष २०६०/६१ र २०६३/६४ मा मात्र वास्तविक मुद्रास्फीति लक्ष्य भन्दा कम रहेको थियो । अघिल्लो वर्षको आधार मूल्यको प्रभाव,आपूर्ति व्यवस्थापन आएको सुधार एवम भारत लगायत विश्वव्यापी रुपमै न्यून मूल्यवृद्धिको प्रभावका कारण समीक्षा वर्ष मा उपभोक्ता मुद्रास्फीतिमा कमी आएकोे हो ।

एक बर्षमा देशमा ९ खर्ब ९० अर्ब ११ करोड रुपैयाँको सामान भित्रिएको छ। अघिल्लो बर्षको भन्दा यो २८ प्रतिशतले बढि हो । जबकी नेपालले ७३ अर्ब ५ करोड रुपैयाँको सामान मात्र विदेशमा बेचेको छ । सामान बेच्नेभन्दा किन्ने दर निक्कै बढि भएकाले समग्र ब्यापार घाटा ३०.४ प्रतिशतले बढेको छ। यो भनेको ९ खर्ब १७ अर्ब ६ करोड रुपैयाँले बढि हो ।

खासगरी पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस बिलेट, सीमेन्टलगायतको आयात बढेको छ।
आयात अत्याधिक बढेका कारण १४० अर्ब बचतमा रहेको चालु खाता १० अर्ब रुपैया घाटामा गएको छ। यद्यपी देशको समग्र शोधनान्तर बचत भने ८२ अर्ब १५ करोड रुपैयाँ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया