NMB Bank Saral Bachat Khata

अमेरिकामा सूर्य ग्रहण लाग्दा ७१ अर्वको नोक्सानी !

काठमाडौँ, भाद्र ५। अमेरिकामा सोमवार एक दुर्लभ सूर्यग्रहण लाग्दै छ जसको कारण त्यहाँका पसलहरुमा यससँग सम्बन्धित वस्तु तथा सामान किन्नेहरुको भीड लागिरहेको छ  ।

अमेरिकाको यति ठुलो हिस्सामा ९९ वर्षपछि यसप्रकारको ग्रहण लाग्न गईरहेको हुनाले त्यो हेर्न लगभग ११२ किलोमिटर क्षेत्रका सबैजसो होटलमा हप्तौंदेखि मानिसहरु बसिरहेका छन् । ग्रहण हेर्नेहरुको घुइचोको कारण त्यो क्षेत्रका सबै होटल प्याक रहेको समाचार सँस्थाहरुले उल्लेख गरेका छन्।

हुन त सोमबार छुटीहालेमा सन् २०१९ जुलाई २ तारिकको दिन फेरी यो हेर्ने मौका आउँछ तर मानिसहरु एक शताब्दी पछि प्राप्त यो अवसर छुटाउन चाहँदैनन्  ।

बजारमा विशेष भाङ 

कतिपय अमेरिकी कम्पनीहरुले  सूर्य ग्रहणका बेला खानका लागि विशेष प्रकारको कफी, केक, स्न्याक्स, चकलेट, भाङ, स्विट्स, ड्रिङ्क्स, आइसक्रिम, कप केक र कुल्फी लगायतका परिकार तयार गरेका छन् । त्यसैगरी थ्री डि ग्लासेज, सन ग्लास, जुत्ता, चप्पल, टि–शर्ट र ट्राउजरको पनि बिक्रि बढेको छ ।

दश करोड चश्मा बिक्ने 

सोमबारको सूर्यग्रहण हेर्नका लागि अमेरिकामा करिब १० करोड चश्मा बिक्ने अनुमान गरिएको छ । ब्यापारीहरुले एक दिनमा पाँच लाखभन्दा बढि चश्मा बेचेका छन् । यो दिनका लागि अमेरिकन पेपर अप्टिक्स कम्पनीले मात्र ३ करोड ७० लाख चश्मा बनाएको छ । हालसम्म करिब एक करोड चश्माको बिक्रि अमेजनबाट मात्र भएको छ ।अर्थतन्त्रमा ठुलो नोक्सानी 

यो सूर्य ग्रहणमा अमेरिकी अर्थतन्त्रलाई एक दिनमा करिब ७१ अर्बको नोक्सानी हुने अनुमान गरिएको छ । अमेरिकाका धेरैजसो कम्पनीहरुले आफ्ना कर्मचारीलाई बिदा दिएका कारण अर्थतन्त्रमा यो नोक्सानी हुने अनुमान लगाइएको हो । अमेरिकामा करिब ८ करोड ९० लाख कर्मचारी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया