भायनेटको अफर


भायनेटको अफर

काठमाडौं, भदौ १ । नेपालमा फाइवर टु द होम इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले आफ्नो नयाँ अफर ल्याएको छ ।

यस अफरअन्तर्गत ग्राहकले कम मूल्यमा बढी इन्टरनेट स्पिड प्राप्त गर्नेछन् । यसै अफरसँगै भ्यानेटले ग्राहकहरुको चाहना अनुसार पहिलोपटक ३० एमबीपीएसको अनलिमिटेड इन्टरनेट बजारमा ल्याएको छ ।

त्यस्ते अफरलाई ६ एमबीपीएस, १२ एमबीपीएसर ३० एमबीपीएसमा विभाजन गरिएको छ । जसअन्तर्गत वार्षिक ग्राहकले ६ एमबीपीएस स्पिडको अनलिमिटेड इन्टरनेटको लागि १ हजार ९९ सय रुपैयाँ तिर्नुपर्नेछ भने १२ एमबीपीएस स्पिडको लागि १ हजार २५० र ३० एमबीपीएस स्पिडको लागि १ हजार ४५० रुपैयाँ तिर्नुपर्नेछ । साथै भायनेटले ४१ वटा एचडी र ८४ वटा एसडी च्यानल भएको नेट टिभीको सुविधा पनि ग्राहकहरुलाई प्रदान गर्दै आएको छ । काठमाडौं, ललितपुर र भक्तपुर मा भायनेटको फाइबर कभरेज रहेको छ ।

 

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया