एनआईसी एसिया क्यापिटल आरम्भ माइक्रोफाइनान्सको शेयर बिक्री प्रबन्धक


काठमाडौं, साउन ३१ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण शेयर निष्काशन गर्न एनआईसी एसिया क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

मंगलबार आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनोद आचार्य र एनआईसी एसिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र्र खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले प्रतिशेयर सय रुपैयाँ अंकित दरको २ लाख ९४ हजार कित्ता सर्वसाधारण र कर्मचारीका निम्ति निष्काशन गर्न लागेको छ ।

बनेपामा मुख्य रहेको यस संस्था १५ पहाडी जिल्लामा कार्र्यक्षेत्र तय गरी दुई वर्षदेखि सञ्चालन हुँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया