पोखरामा सैनिकद्वारा सैनिककै गोली हानी हत्या


काठमाडौं, साउन ३१ । ब्यारेकभित्रै पोखरामा एक सैनिकले सहकर्मीको गोली हानी हत्या गरेका छन् । प्राप्त जानकारी अनुसार पोखरास्थित रत्नमन्दिरमा रहेको नेपाली सेनाको सिद्धीबक्स गणमा कार्यरत रहेका दार्चुला घर भएका प्युठ बसन्त लोहारले बैतडी घर भएका सहकर्मी गणेश विष्टलाई ब्यारेकमा सुतिरहेको अवस्थामा गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

रातीको डिउटीमा रहेका लोहारले सुतिरहेका विष्टलाई मंगलबार विहान करिब ५ बजेतिर एम–१६ राइफलले छातीमै ताकेर सात राउन्ड गोली हानेको बताइएको छ । गोली लागेका विष्टको घटनास्थलमा नै मृत्यु भएको र गोली प्रहार गर्ने लोहारलाई सेनाले नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले घटनाको पुष्टि गरे पनि कारण भने खुल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया