NMB Bank Saral Bachat Khata

ननपफर्मिङ लोन एक प्रतिशतमा झार्छौ

काठमाडौं । दुई दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय गोविन्द गुरुङ, हिमालयन बैंक, ग्लोबल बैंक, मेगा बैंकलगायतका बैंकमा विभिन्न पदमा रहेर कार्य गरेका थिए । पछिल्लोपटक सिभिल बैंकमा कार्यरत रहेका गुरुङ भर्खरैं सो बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा बढुवा भएका छन् । प्र्रस्तुत छ उनै गुरुङसँग बैंकको वर्तमान र आगामी योजनाका साथै समग्र वित्तीय क्षेत्रका बारेमा आर्थिक न्युजले गरेको कुराकानीको सम्पादित अंश ।

सिभिल बैंकको वित्तीय प्रतिवेदन हेर्दा अन्य बैंकको तुलनमा केही कमजोर देखिन्छ किन होला ?

तपाईंले चैत मसान्तको रिपोर्टको कुरा गर्नुभयो । उक्त रिपोर्ट नै बैंकको अवस्था वा स्वास्थ जाँच्ने आधार होइन । हामीले कमाई प्रशस्त गरेका छौं । तर, केही कर्जा कमसल खालको भएकाले हाम्रो कमाइबाट प्रोभिजन गर्नु परेको हुँदा नाफा केही घटेको हो । यसको मतलब हामीसँग कमाइ छ र त्यसलाई हामीले एउटा खल्तीमा राखिराखेका छौं भन्ने ब्झनुपर्छ ।
भोलिका दिनमा कमसल खालका कर्जालाई रिकभर गरेमा फेरि हाम्रो नाफा राम्रै हुन्छ । त्यसैले नाफाका आधारमा तपाईंले भनेका कुरा सही देखिए पनि अरु व्यावसायिक परिसूचकहरुले हामी राम्रो अवस्थामा छौं ।

अर्को वर्ष आउने चौंथो त्रैमासिक रिपोर्टमा हामीले सिभिल बैंकको अवस्था कस्तो पाउँछौं ?

पहिलाको भन्दा धेरै सुधारिएको पाउनु हुनेछ । एनपीएकै कुरा गर्नु पर्दा हामीले चैत मसान्तको रिपोर्टमा ४ दशमलव ६६ प्रतिशत थियो भने असार मसान्तमा त्यसलाई घटाएर ४ प्रतिशतको हाराहारीमा ल्याइसकेका छौं । नाफा पनि पहिलेको भन्दा राम्रो अवस्थामा पु¥याएका छौं ।

सिभिल बैंकले अनुत्पादक क्षेत्रमा ठूलो परिमाणमा लगानी गरेकाले पनि यो अवस्था आएको बताइन्छ के सत्य हो ?

यो एकदम निराधार कुरा हो । सिभिल बैंक आफैंले पनि अनुत्पादक क्षेत्रमा धेरै लगानी गर्नु हुन्न भन्ने कुरामा सचेत छ । यस हिसाबले राष्ट्र बैंकले प्लटिङवाला रियल स्टेटमा १० प्रतिशत र अन्य अपार्टमेन्टसहितको रियल स्टेटमा २५ प्रतिशतको सीमा तोके पनि हामी आफंैले ८ र १५ प्रतिशतको सीमा तोकेका छौं । त्यो अहिलेको मितिमा ३ दशमलव ६ प्रतिशतको हाराहारीमा मात्र लगानी गरिएको छ । सिभिल बैंकको नाफा कम देखिनुको एउटै कारण भनेको रियल स्टेटबाहेकका अन्य कर्जाहरु कमजोर भएकाले हो । त्यही भएर भोलिका दिनमा ती कर्जा फिर्ता आएपछि राम्रै भएर जानेछ, अहिले बैंकको समग्र अवस्था राम्रै छ ।

सिभिल बैंकको लगानी र पोर्टफोलियो चाहिँ कस्तो रहेको छ ?

आजको मितिको प्रोडक्टिभ सेक्टरमा हेर्नु हुन्छ भने ६५ प्रतिशत प्रोडक्टिभ सेक्टरमै छ । कन्जुमर बैंकिङमा करिब १६ प्रतिशतको हाराहारीमा छ । यसमा होम लोन, मार्जिन लेन, अटो लोन सबै पर्छ । लघुवित्तअन्तर्गत दूरदराजमा गएर महिला समूह खोलेर बिना धितो कर्जा दिएका छौं । माइक्रो र डिफ्याक्ट सेक्टर गरेर ५ प्रतिशत छ । त्यसैगरी कर्पोरेट सेक्टरमा सिमेन्ट, हाइड्रो, स्टिल अरु ठूला उद्योगहरु सबै गरेर करिब ४६ प्रतिशतको हाराहारीमा हाम्रो लगानी रहेको छ ।
हामीले एकदमै फोकस गरेको क्षेत्र चाहिँ साना तथा मझौला व्यवसाय हो । जसमा उद्योगहरु पनि पर्छ र ट्रेडिङ कम्पनीहरु पनि पर्छन् । यसमा हाम्रो ३० प्रतिशतको हाराहारीमा लगानी रहेको छ । त्यसकारण हाम्रो प्रोटफोलियो र हाम्रो विजनेस भोलुम निकै ब्यालेन्स तरिकाले अगाडि बढेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी  पुर्याउन  सिभिल बैंकले के गर्दैछ ?

हामीले युनिक मर्चेन्ट र हामा फाइनान्सलाई गाभ्दै छौं । यो सबैबाट ५ अर्ब १८ करोड पुग्छ । गत साधारणसभाबाट ४० प्रतिशत हकप्रद शेयर गर्नका निम्ति त्यो प्रक्रियामा गइसकेको छ । धितोपत्र बोर्डबाट त्यो स्वीकृतिको क्रममा छ । छिट्टै त्यो हकप्रद शेयर जारी हुन्छ । मर्जर, एक्युजिसनबाट र असार मसान्तसम्मको नाफा जोडेर हामीले सजिलै ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउन सक्ने गरी तयारी अवस्थामा छौं ।

आठ अर्ब चुक्ता पुँजी हुँदा बैंकहरुलाई नाफा कमाउन कतिको गाह्रो छ ?

यो एकदमै गाह्रो र चुनौती पूर्ण छ । अब पुँजी बढेर गयो र विजनेस गर्ने क्षमता पनि बढेर गयो तर विजनेसको दायरा बढेको छैन । हाम्रो स्केल अफ इकोनोमी अर्थात जीडीपी अघिल्लो वर्ष नकारात्मक भएकाले यस्तो भएको हो । तर, औसतमा हेर्ने हो भने हाम्रो आर्थिक वृद्धि भनेको ३.५ देखि ४.५ प्रतिशतसम्म हो । त्यसैले पुँजीको आधारमा व्यापार बढाउन गाह्रो छ । अर्को कुरा व्यापार बढाइसकेपछि नाफाको रुपमा शेयर सदस्यलाई प्रतिफल दिन पनि त्यतिकै गाह्रो छ ।

अहिले बैंकिङ क्षेत्रमा तरलताको अवस्था कस्तो छ ?

तरलताको अवस्था गएको छ महिनाभन्दा अहिले सुध्रिएको छ । तर, गएको छ महिनामा क्रमिक रुपले बढेको ब्याजदरले गर्दा तत्कालै ब्याजदर घट्ने अवस्था भने छैन । तर, तरलताको अवस्थामा भने सुधार आएको छ ।

निक्षेपको ब्याजदर घटेसँगै ऋणमा ब्याजदर कहिलेसम्म घट्न सक्छ ?

कर्जाको माग कस्तो हुन्छ त्यसमा भर पर्छ । निक्षेप संकलन अहिले बढेको छ । त्योसँगै कर्जाको माग पनि बढ्दै गएमा यो अवस्था धेरै समयसम्म नहोला ।

गत वर्षको डेटालाई हेर्ने हो भने निक्षेपको समग्र वृद्धि १० देखि ११ प्रतिशत र कर्जाको वृद्धि १९ देखि २० प्रतिशतसम्म छ त्यसको ठ्याकै रिभर्स हुनुपर्ने हो । निक्षेपको वृद्धि १६ देखि १७ प्रतिशत र कर्जाको वृद्धि १० देखि ११ प्रतिशतमा हुनुपर्ने हो । तर, हाम्रो अघिल्लो वर्षको मौद्रिक नीतिमै ऋण २० प्रतिशतको हाराहारीमा बढ्छ भन्ने प्रक्षेपण गरिएको थियो । त्यसलाई आधार मान्ने हो भने निक्षेप २६ देखि २७ प्रतिशतको हाराहारीमा बढ्नु पर्ने हो । तर, त्यसो भएको छैन ।
गत वर्ष जुन लिक्युडिटी क्रन्च अज भनौं डिपोजिटरी क्रन्च भन्न रुचाउँछु म त्यो फन्ड बजारमा छ तर त्यो सरकारको ढुकुटीमा गएर थन्किएकाले समस्या भएको हो । यो जेठ मसान्तसम्म ३० देखि ३१ प्रतिशतसम्म विकास खर्च भएको थियो । एक्कासी असारमा आएर ६५ प्रतिशत बजेट खर्च भयो । त्यति बैंकमै भएको पैसा आएको हो नि त । त्यसैले अहिलेको यो अहिलेको तरलता बढाएको देखिएको हो । यो क्रम निरन्तर रुपमा सरकारले पनि खर्च गर्दै जाने र अरु निकाय जो–जोसँत फन्ड छ उनीहरुले पनि खर्च गर्दै जाँदा पैसा सर्कुलेसन हुने हो भने गएको वर्षमा जस्तो तरलताको र इन्टरेष्ट रेटको समस्या पनि आउँदैन ।

यसपटकको मौद्रिक नीतिमा खासै ठूलो परिवर्तन भएन यसलाई के भन्नु हुन्छ ?

यसमा नियमन निकायले जरुरी नठानेर पनि हो । त्यो जरुरी पनि छैन । मैले अघि पनि भने सामान्यतया माग आपूर्तिको कुरा हो । राष्ट्र बैंकले केही नभने पनि अहिले निक्षेपको दर घट्न थालिसकेको छ । हिजोको दिनमा १४ प्रतिशतसम्म डिपोजिट रेट थियो भने अहिले ११ प्रतिशतमा झरिसकेको छ । पहिलेको जुन तरलता छ र क्रेडिटको डिमान्ड जुन छ त्यसलाई हेर्दा यो डिपोजिट रेट विस्तारै घट्ने क्रममा छ । योसँगै क्रेडिटको पनि तत्कालै नघटे पनि आजको ३ देखि ६ महिनामा घट्ने देखिन्छ ।

बेस रेटलाई हेर्ने हो भने विकास बैंकको लगभग ८/९ प्रतिशत छ, वाणिज्य बैंकहरुको पनि लगभग त्यो हाराहारीमा छ । यसले त अझै पनि बैंकमा ब्याजदर बढ्न सक्छ भन्ने कुरा देखाइरहेको छ ?

ब्याजदर बजारले अटोम्याटिक करेक्सन गर्छ । यो ओपन मार्केट सिस्टमको फन्डामेन्टल नै हो । बेस रेट अहिले सबैको बढी छ । विकास बैंकको धेरै नै बढी छ । वाणिज्य बैंकहरुको पनि १० प्रतिशत भन्दामाथि छ ।

चौंथो त्रैमासमा बैंकले चुक्ता पुँजी बढाएसँगै ठूलो लगानी गरेर नाफा कमाएको भन्दा पनि बेस रेटको आधारमा

ब्याजदरमा पैसा लगाएकाले रकम ठूलो देखिएको भन्निछ नि ?

त्यस्तो होइन बेस रेट भनेको बेसिकली कस्ट नै हो । राष्ट्र बैंकले जुन फर्मुला दिएको छ त्यसको आधारमा मूल्यांकन गर्ने बैंकको कस्ट हो । त्यसमा क्यापिटल कस्ट देखि अप्ररेसन कस्ट र एसस्को सबै कस्टहरु जोडेको हुन्छ । त्यो बेस रेट भनेको कस्ट हो । अहिले राष्ट्र बैंकले बेस रेट र प्रिमियको आधारमा लगानी गर्न सक्छ । अहिले बेस रेट बढी हुनुको कारण गत मंसिरदेखि क्रमिक रुपमा बचतमा, मुद्दतीमा ब्याजदर बढ्दै गयो । त्यो ब्याजदरको असर अहिले आयो । हिजो सेभिङमा ३ प्रतिशत थियो अहिले त्यो ७–८ प्रतिशत, ९ प्रतिशत बचत खातामा नै भएको छ । हिजोको दिनमा मुद्दती खातामा ५ प्रतिशत थियो त्यो बढ्दै गएर १४ प्रतिशतसम्म पुग्यो । सबै समग्र रुपमा मूल्यांकन गर्दा अहिले बेस रेटमा असर देखिएको छ । अब लिने डिपोजिट क्रमिक रुपमा घट्दै गयो भने मंसिर, पुस, माघसम्म तरलताको अवस्था यही र ऋणको माग ठिक ठिकै रह्यो भने यो फेरि क्रमिक रुपमा घट्दै गएपछि यसको असर ६ महिनामा आउँछ । त्यसकारण बजारले नै डिपोजिट र लोनको डिमान्ड र सप्लाईले नै ब्याजदरलाई अटोमेटिक करेक्सन गर्छ । त्यसैले नियमन निकायले तत्कालै त्यसमा नियम नल्याएको होला ।

अब सिभिल बैंकका आगामी योजना के छन् ?

सिभिल बैंकको योजनागत हिसाबले सबैभन्दा पहिला रिकभरीमा फोकस गर्ने हिसाबले अगाडि बढेको छ । निश्चित रुपमा अहिले हाम्रो ४ प्रतिशत ननपफमिङ लोन छ त्यो पनि हायर साइटमा हो । त्यसलाई आगामी २ वर्षभित्र १ प्रतिशतमा ल्याउने योजना छ । अबको एक वर्षभित्र निश्चित रुपमा २ प्रतिशत अथवा त्योभन्दा कम ल्याउने हिसाबले अगाडि बढेका छौं । हाम्रो प्रोभिजनिङ १ अर्ब ७० करोडको हाराहारीमा छ, त्यो हाम्रो कमाइ नै हो । त्यो प्रोभिजनिङ भएर बसेको छ ।

त्यसलाई जुन ननफर्मिङ लोनको लागि प्रोभिजन गरेको छ त्यसलाई फिर्ता ल्याउने हाम्रो पहिलो प्रयास त्यो हुन्छ । दोस्रो कुरा व्यापारको आकारमा केन्द्रित गर्दा कर्पोरेट विजनेसलाई यथावत राख्ने अथवा भोलुमलाई यथावत राख्दै प्रतिशतलाई अलिकति घटाउने । एसएमइज र कन्जुमरमा, एसएमइजमा बढी फोकस गर्ने हाम्रो लक्ष्य छ । हाम्रो लघुवित्त पहिले नै छ त्यसलाई ५ प्रतिशतको हाराहारीमा राख्ने, एसएमइजलाई बढाउने कन्जुमरलाई पनि केही बढाउने हो । मुख्य चुनौती सिभिल बैंकको एसएमइजमा हुन्छ । त्यसरी हामीले कर्जातर्फ योजना गरेका छौं । डिपोजिट विजनेसतर्फ हामीले करेन्ट एकाउन्ट, सेभिङ एकाउन्टलाई बढावा दिएर व्यक्तिगत बचतकर्तालाई बढी सेवा सुविधा दिने हिसाबले उनीहरुलाई सिभिल बैंकमा आकर्षित गर्ने योजना बनाएका छौं । तेस्रो कुरा बचत, कर्जामा जति सुकै फोकस गर्ने भने पनि ग्राहकलाई चुस्त र दुरुस्त सर्भिस नदिएसम्म केही हुनेवाला छैन । त्यसकारणले गर्दा हाम्रा ग्राहकलाई चुस्त र दुरुस्त सर्भिस दिनका लागि सेवा उपलब्ध गराउन प्रविधिमा इन्भेष्टमेन्ट गरेर प्रविधिलाई, सेवा, सुविधालाई सरलीकरण गर्नेदेखि चुस्त दुरुस्त बनाउन इफिसेन्स सर्भिस डेलिभरीका लागि हामीले प्रविधिमा बढी लगानी गर्दैछौं । त्यसका लागि डिजिटल बैंकिङ डिपार्टमेन्ट खडा गरेर बैंकलाई ओरल डिजिटलाइजेसनमा तथा अटोमेसनमा लैजाने हिसाबले हामीले काम गर्दैछौं । चौंथो कुरा कुनै पनि संस्था सेवा सुविधालाइै चुस्त दुरुस्त राख्नको लागि त्यहाको जनशक्ति महत्वपूर्ण हो । त्यसैले जनशक्तिको वृत्ति विकास, क्षमता अभिवृद्धि गराउनुपर्ने हुन्छ । त्यो हिसाबले हामीले मानव संशाधनलाई अझ परिस्कृत र अझ राम्रो बनाउन सिभिल बैंकलाई एउटा लर्निङ अर्गनाइजेसनको रुपमा विकास गर्ने योजना बैंकको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया