कामना विकास बैंकको मुनाफामा सामान्य वृद्धि, कमायो १७ करोडमाथि


कामना विकास

काठमाडौं, साउन ३१ । कामना विकास बैंक लिमिटेड (Kamana Bikas Bank Limited) ले चौथो त्रैमास सम्म आईपुग्दा खुद मुनाफा १७ करोड ६५ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनामा २ दशमलव ९२ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैकले मुनाफा १७ करोड ११ लाख रुपैयाँ मात्र कमाएको थियो ।

८० करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडकोषमा ३१ करोड ७८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १ दशमलव १० प्रतिशतले वृद्धि गरी ६ अर्ब ९८ करोड २९ लाख रुपैयाँ पुर्याएको छ । जसले कर्जामा ६ अर्ब ११ करोड २३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १२ दशमलव ६८ प्रतिशतले बढेर ३९ करोड ११ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ दशमलव १२ प्रतिशतले बढेर २६ करोड पुगेको छ ।

बैंक (KMBL) को निष्कृय कर्जा १ दशमलव ४७ प्रतिशत, पूँजीकोष अनुपात १६ दशमलव ४७ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २१ दशमलव ९५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १६ दशमलव ७७ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३९ दशमलव ५१ रुपैयाँ र तरलता अनुपात २७ दशमलव ६२ प्रतिशत रहेको छ ।

 

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया