बिलिङ मेसिन नजोड्ने ट्याक्सी ट्राफिकको नियन्त्रणमा


बिलिङ मेसिन नजोड्ने ट्याक्सी ट्राफिकको नियन्त्रणमा

काठमाडौं, साउन २९ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र गुणस्तर तथा नापतौल विभागले सयभन्दा बढी ट्याक्सी नियन्त्रणमा लिएको छ । व्यवसायी तथा चालकहरुले ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोड्न अटेरी गरेपछि ट्याक्सी नियन्त्रणमा लिगिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ठगी नियन्त्रणका लागि सुरु गरिएको प्रिन्टर सिस्टम झण्डै ३५ सय ट्याक्सीले जोडेका छैनन् । कतिपयले जोडिएको मेसिनसमेत प्रयोगमा ल्याएका छैनन् । शनिबारबाट त्यस्ता बिलिङ मेसिन नजोड्ने ट्याक्सी नियन्त्रणमा लिने थालिएको महाशाखाले जनाएको छ ।

पछिल्लो समयमा बिल प्रिन्टर जोडेकाहरुले पनि त्यसलाई नचलाएको पाइएको छ । त्यस्ता ट्याक्सीले पनि सकेसम्म मिटरमा जानै नमान्ने र मिटरमा गुडे पनि यात्रुलाई बिल नै नदिने गुनासो बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया