NMB Bank Saral Bachat Khata

ललितपुर फाइनान्सको मुनाफामा अत्याधिक प्रगति गर्दै,कमायो १२ करोडमाथि

काठमाडौं, साउन २९ । ललितपुर फाइनान्स लिमिटेड (Lalitpur Finance Ltd.) ले चौथो त्रैमासमा खुद मुनाफा १२ करोड ५३ लाख रुपैयाँ मुनाफा कमाएको छ, जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा १ सय १५ दशमलव ५१ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ५ करोड ८७ लाख रुपैयाँ कमाउन सफल भएको थियो ।

१८ करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा तथा कोषमा १० करोेड ५० लाख रुपैयाँ राखेको छ । फाइनान्सको खुद व्याज आम्दानी १७ गुणाले वृद्धि गरी ३ करोड ४४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्स (LFC) को निष्कृय कर्जा ९९ दशमलव ४० प्रतिशत, पुँजीकोष अनुपात १२ दशमलव ७६ प्रतिशत, प्रतिशेयर आम्दानी ६६ दशमलव ७० रुपैयाँ, प्रतिशेयर नेटवर्थ ४४ दशमलव १० रुपैयाँ र तरलता अनुपात १६६ दशमलव ९७ प्रतिशत रहेको छ ।

 

United Cement

फेसबुकबाट तपाईको प्रतिक्रिया