महान्याधिवक्ताद्वारा राजीनामा

काठमाडौं, साउन २९ । महान्याधिवक्ता रमण श्रेष्ठले आज पदबाट राजीनामा दिएका छन् । पूर्ववर्ती सरकारद्वारा नियुक्त भएका श्रेष्ठले नयाँ सरकार गठन भएको झण्डै २ महिनापछि पदबाट राजीनामा दिएका हुन् ।

सामान्यतया सरकार परिवर्तनसँगै महान्याधीवक्ताले पनि राजीनामा गर्ने प्रचलन रहेको छ । तर, श्रेष्ठले अर्को सरकारको पनि कानुनी सल्लाहकारका रुपमा झण्डै दुई महिना बिताए ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया