नेको इन्स्योरेन्सको मुनाफा ७३ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी २९ रुपैयाँ


नेको इन्स्योरेन्सको कतिमा भयो मूल्य समायोजन ?

काठमाडौं, साउन २९ । निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स कम्पनी (Neco Insurance Company Limited) ले चौथो त्रैमास सम्ममा आइपुग्दा खुद मुनाफा ७३ दशमलव ५५ प्रतिशतले वृद्धि गरी ३३ करोड ४ लाख रुपैयाँँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले मुनाफा १९ करोड २६ लाख रुपैयाँ कमाउन सफल भएको थियो ।

७१ करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा २३ करोड ६० लाख रुपैयाँ र बीमाकोषमा २८ करोड ५१ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ७३ दशमलव ३६ प्रतिशत बढेर ३७ करोड १२ लाख रुपैयाँ पुगेको छ भने खर्च ७५ प्रतिशतले बढेर १६ करोड ११ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधीमा बीमा शुल्क (खुद) ७४ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ भने २२ करोड ११ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ ।

कम्पनी (NIL) को प्रति शेयर आम्दानी वार्षिक २९ दशमलब ४६ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय ७३ दशमलव ३२ रुपैयाँ र मुल्य आम्दानीको अनुपात ३३ दशमलब ३० गुणा रहेको छ ।

 

 

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया