प्रभु इन्स्योरेन्सको मुनाफा १६ प्रतिशतले वृद्धि गदै, १७ करोड कमायो


प्रभु-इन्स्योरेन्स

काठमाडौँ, साउन २९ । प्रभु इन्स्योरेन्स लिमिटेड (Prabhu Insurance Limited) ले चौथो त्रैमाश सम्म आईपुग्दा खुद मुनाफामा १६ दशमलव १० प्रतिशतले वृद्धि गरी १७ करोड ३८ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले मुनाफा १४ करोड ९३ लाख रुपैयाँ कमाएको थियो ।

५७ करोड ७५ लाख रुपैया चुक्ता पुजी रहेको प्रभु इन्स्योरेन्सले जगेडा कोषमा १५ करोड २ लाख रुपैयाा र बिमा कोषमा ३३ करोड ५० लाख रुपैया राखेको छ । यस इन्स्योरेन्सको आम्दानी २४ दशमलव ६८ प्रतिशतले बढेर २९ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

यस चौथो त्रैमाश सम्ममा आइपुग्दा कम्पनीले ८३ करोड ७४ लाख रुपैयाँ बराबरको कुल बिमा शुल्क आर्जन गरेको छ । त्यस्तै ३५ करोड ११ लाख रुपैयाँ बराबरको कुल दाबि भुक्तानी गरेको छ । तर पनि कम्पनीबाट अझै १९ करोड ६ लाख रुपैयाँ बराबरको भुक्तानी दाबि हुन बाकि रहेको छ ।

कम्पनी (PRIN) को प्रति शेयर आम्दानी वार्षिक ३० रुपैयाँ, मुल्य आम्दानी अनुपात ३३ गुणा, प्रति शेयर नेटवर्थ २ सय ९४ रुपैयाँ र तरलता अनुपात २ दशमलव ३८ प्रतिशत रहेको छ ।

 

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया