पूर्वमा टेलिफोन पनि ठप्प


पूर्वमा टेलिफोन

काठमाडौं, साउन २९ । अविरल वर्षासँगै आएको बाढीका कारण विद्युत् आपूर्ति बन्द हुँदा पूर्वी तराईमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ ।

नेपाल टेलिकमका सहायक प्रवक्ता शोभन अधिकारीका अनुसार शनिबार साँझसम्म देशभरका सय वटा युनिटमा समस्या आएको थियो । केहीमा सामान्य मर्मत गरी सञ्चालनमा ल्याइएको भए पनि इटहरी र जनकपुरस्थित टेलिफोन एक्सचेन्जमा बाढी पसेर सेवा प्रभावित भएको छ ।

सहायक प्रवक्ता अधिकारीले भने–‘जनकपुरमा टेलिफोन सञ्चालनमा आए पनि इटहरी एक्सचेन्जमार्फत् चल्ने कुनै ल्यान्डलाइन टेलिफोन अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् । तर, जीएसएम सेवा भने सञ्चालनमा ल्याउनका लागि टावरमा मोबाइल जेनेटरमार्फत् ब्याट्री चार्ज गरी सेवा सुचारु गरिरहेका छौं ।’ देशभरी नै आकस्मिक मर्मत टोलीलाई तयारीमा अवस्थामा राखेर समस्या आउने बित्तिकै परिचालन गर्न पूर्ण तयारीमा रहेको अधिकारीले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया