NMB Bank Saral Bachat Khata

पूर्वी तराई अन्धकार, अझै केही दिन बिजुली नआउने

काठमाडौं, साउन २९ । अविरल वर्षासँगै आएको बाढीले प्रसारणलाइनका पोलहरू ढलाउँदा तथा विद्युत् वितरण केन्द्र (सब स्टेशनहरू) डुबाउँदा पूर्वी तराईमा विद्युत् आपूर्ति बन्द भएको छ ।

नेपाल विद्युत् प्राधिकरणकी उपकार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्यका अनुसार लाहानदेखि पूर्वका जिल्लामा विद्युत् आपूर्ति बन्द रहेको छ । पानीको सहत घटेपछि ढलेका पोल र सब स्टेशनको मर्मतपछि मात्रै विद्युत् आपूर्ति सुचारु गरिने छ ।

प्राधिकरणका अनुसार दुहबीस्थित १३२ केभी सबस्टेसन जलमग्न भएको छ । यस्तै, काबेली–दमक १३२ केभी प्रसारण लाइनको टावर ढलेका कारण त्यहाँबाट वितरण हुने विद्युत पूर्णरुपमा कटौती भएको छ । खिम्ती–ढल्केबर १३२ केभी प्रसारणलाइनमा पनि समस्या आएको छ भने भारतबाट नेपाल आउने विद्युत् पनि ढल्केबर–मुजफ्पुरलाई अहिले बन्द गरिएको बताइएको छ । स्थिति सामान्य रहेको अवस्थामा पनि अझै तीन दिन त्यस क्षेत्रमा विद्युत् आपूर्ति गर्न नसकिने प्राधिकरण स्रोतले आर्थिक न्युजलाई बताएको छ ।

United Cement

फेसबुकबाट तपाईको प्रतिक्रिया