डिप्रोक्स लघुवित्त विकास बैंकको मुनाफा ३६ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी ४३


काठमाडौं, साउन २९ । डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेड (Deprosc Development Bank Limited) ले आर्थिक वर्ष २०७३र७४ को चौथो त्रैमासमा खुद मुनाफा ३६ दशमलव ४२ प्रतिशतले वृद्धि गरी २६ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकको गत वर्ष सोहि अवधिमा मुनाफा १९ करोड २७ लाख रुपैयाँ कमाएको थियो ।

६० करोड ६१ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंक (DDBL) ले जगेडाकोषमा ४५ करोड १९ लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा ४३ दशमलव ८५ प्रतिशतले वृद्धि गरी १ अर्ब ६७ करोड ३६ लाख रुपैयाँ संकलन गरेको छ । बैंकले कर्जामा ५ अर्ब ४४ करोड ७८ लाख रुपैयाँ पुर्याएको छ । बैंकको खुद व्याज आम्दानी २८ दशमलव ७२ प्रतिशतले बढेर ६० करोड ५४ लाख रुपैयाँ र संचालन मुनाफा ४१ दशमलव ९३ प्रतिशतले वृद्धि गरी ३५ करोड २२ लाख रुपैयाँ पुगेको छ । बैंकले सम्भावित नोक्सानी व्यवस्थामा ८ करोड ५१ लाख रुपैयाँ राखेको भने सम्भावित नोक्सानी व्यवस्थाबाट ६ करोड १८ लाख रुपैयाँ उठाउन सफल भएको छ ।

प्रतिशेयर आम्दानी ४३ दशमलव ३८ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २९ दशमलव ५१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ७४ दशमलव ५७ रुपैयाँ, तरलता अनुपात ८ दशमलव ७० प्रतिशत, पुँजीकोष अनुपात १९ दशमलव १४ प्रतिशत र निस्कृय कर्जा शुन्य दशमलव ७२ प्रतिशत रहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया