सौराहमा ७ सय पर्यटकको बिचल्ली

काठमाडौं, साउन २९ । होटलहरूमा बाढी पसेका कारण चितवनको पर्यटकीय क्षेत्र सौराहमा स्वदेशी तथा विदेशी गरी करिब ७ सय पर्यटकको बिचल्ली भएको छ । अविरल वर्षासँगै राप्ती र बूढी राप्ती नदीमा आएको बाढीले सौराह क्षेत्रमा डुवान गराउँदा पर्यटकहरूको विचल्ली भएको हो ।

अधिकांश होटलको तल्लो तला पूरै डुवानमा परेको तथा गाडी सञ्चालन गर्न पनि समस्या भएका कारण पर्यटकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न कठिन भएको प्रहरीले जनाएको छ । बाढीमा फसेका पर्यटकलगायतलाई हात्तीको सहायताले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भइरहेको बताइएको छ ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया