NMB Bank Saral Bachat Khata

कञ्चन डेभलपमेन्ट बैंकको मुनाफामा १८ प्रतिशतले वृद्धि

काठमाडौं, साउन २९ । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड (Kanchan Development Bank Limited) ले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा ७ करोड ३४ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा १८ दशमलव ४९ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा ६ करोड २० लाख रुपैंया कमाएको थियो ।

३४ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी भएको कञ्चन डेभलपमेन्ट बैंकले जगेडाकोषमा १० करोड ९४ लाख रुपैंया राखेको छ । निक्षेपमा ४७ दशमलब ४९ प्रतिशतले वृद्धि गरि २ अर्ब ८२ करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ । यसै त्रैमासमा बैंकले कर्जामा २ अर्ब ३० करोड ८६ लाख रुपैयाँ बराबरको लगानी गरेको छ, जुन गत बर्षको तुलनाभन्दा ४० दशमलव ३८ प्रतिशतको वृद्धि हो । बैंकको खुद ब्याज आम्दानी ५१ दशमलव ८५ प्रतिशतले बढेर १६ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३४ दशमलव ७८ प्रतिशतले बढेर ९ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

बैंक (KADBL) को निष्कृय कर्जा शुन्य दशमलव ९९ प्रतिशत, पूँजीकोष अनुपात १६ दशमलव ८६ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २१ दशमलव २१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ७८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३१ दशमलव ५९ रुपैयाँ र तरलता अनुपात ३१ दशमलव ६१ प्रतिशत रहेको छ ।

United Cement

फेसबुकबाट तपाईको प्रतिक्रिया