NMB Bank Saral Bachat Khata

अधिकांश बैंकको प्रतिशेयर आम्दानीमा गिरावट

प्रतिशेयर आम्दानी

काठमाडौं, साउन २८ । कम्पनीहरुमा लगानीकर्ताले ध्यान दिनुपर्नेमा महत्वपूर्ण सूचक मध्ये प्रतिशेयर आम्दानी (EPS) पनि हो । प्रतिशेयर आम्दानीले वार्षिक रुपमा एक कित्ता शेयर बराबरको कति आम्दानी भयो भन्ने थाहा पाउन सकिन्छ ।

२८ वाणिज्य बैंकमध्ये हालसम्म १७ बैंकहरुले आर्थिक वर्ष २०७३/७४को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजानिक गरेका छन् । सार्वजानिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी सबैभन्दा बढी हुने कमर्सिल बैंकमा नबिल बैंक लिमिटेड रहेको छ । बैंकको प्रतिशेयर मूल्य ५९ दशमलव ०६ रुपैयाँ रहेको छ भने सबै भन्दा कम सनराईज बैंकको १६ दशमलव ६६ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको छ ।

त्यस्तै अघिल्लो वर्षको तुलनामा अधिकांश बैंकको प्रतिशेयर आम्दानीमा कमी आएको छ । यद्यपी वित्तीय विवरण सार्वजानिक गर्दा कतिपय बैंक तथा वित्तीय संस्थाको प्रतिशेयर आम्दानी हिसाब गर्दा एकरुपता देखिएको छैन् । जसका कारण लगानीकर्ता अन्योलमा परेका छन् ।

United Cement

फेसबुकबाट तपाईको प्रतिक्रिया