२५ लघुवित्त कम्पनी मध्ये कसको मुनाफा कति ?


नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त ‘घ’ वर्गको राष्ट्रिय स्तरको बैंकलाई लघुवित्त विकास बैंकमा राखेको छ । केन्द्रिय बैंकको तथ्याङ्कका अनुसार देशभर ५३ वटा लघुवित्त विकास बैंकहरु संचालनमा रहेका छन् । जसमध्ये हालसम्म २५ वटा कम्पनीहरुले मात्रै आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् ।

हेरौं कसको मुनाफा कति

आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरु मध्येमा सबैभन्दा बढी कमाउने निर्धन उथान विकास बैंक रहेको छ । जसले चौथो त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफा ५८ करोड ३४ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा ४४ दशमलव ६६ प्रतिशतले वृद्धि हो । अघिल्लो आवको सोहि अवधिमा बैंकले मुनाफा ४० करोड ३१ लाख रुपैयाँ कमाएको थियो । निर्धन उथान विकास पछि दोस्रो स्थानमा छिमेक लघुवित्त विकास बैंकको ५७ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

आईपीओ निष्काशन गर्ने प्रक्रियामा रहेको सपोर्ट माइक्रोफाइनान्स तुलनात्मक रुपमा कम मुनाफा देखिएको छ । सपोर्ट माइक्रोफाइनान्सले चौथो त्रैमासमा खुद मुनाफा ४८ लाख रुपैयाँ कमाएको छ । जबकी गत वर्षको सोहि अवधिमा २७ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया