मेगा बैंकको चार वर्षमा २३ महिना मात्र कारोबार दोषी को ?


मेगा बैंकले पुस ४ गते बोलायो विशेष साधारणसभा, टुरिजमसँग मर्जरमा जाने प्रस्ताव पारित होला ?

काठमाडौं, साउन २८ । मेगा बैंक लिमिटेड (Mega Bank Ltd) ले विभिन्न बैंकहरुसँग मर्जरको नाममा कारोबार रोक्का गरेको महिनौ भइसकेको छ । बैंकको साधारण शेयर (आईपीओ) निष्कासनपछि नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भई कारोबार भएको ४८ महिनामा २३ महिनाभन्दा बढी समय कारोबार रोकिएको छ ।

यसरी हेर्दा मेगाको कारोबार सञ्चालन भएको चार वर्षमा दुई वर्ष कारोबार रोकिएको छ । बैंकले २०७० साल साउन महिनाको २५ गते पहिलो पटक नेप्सेमा कारोबार संचालनमा ल्याएको थियो ।

बैंकको स्थापनकालदेखि अवस्था हेर्ने हो भने कारोबार संचालनमा आएको डेढ वर्षमा जनता बैंकसँग मर्जरमा जाने तयारी गरेको थियो । तर, आन्तिरिक किचलोको कारणले मर्जर प्रक्रिया अघि बढ्न सकेन । यद्यपि दुवै बैंकमा नेकपा एमाले निकटका अधिकांश ब्यक्तिहरु संस्थापक शेयरधनी रहेको बुझिन्छ ।

पश्चिामाञ्चल डेभलपमेन्ट बैंकसँगको मर्जरका कारण बैंकको शेयर कारोबार २०७१ साल माघ १५ गतेदेखि रोकिएर २०७३ साल जेठ १६ गते कारोबार सञ्चालनमा आएको थियो । दुई बैंकको मर्जरको प्रक्रियालाई लिएर बैंकले १६ महिना कारोबार रोकेको थियो । मेगा र पश्चिमान्चल गाभिदा मेगाको स्वाप रेसियो १०४.२५ र पश्चिमान्चलको ६७ कायम भएको थियो ।
राष्ट्र बैंकले तोकेको पूँजी पु¥याउनका लागि पछिल्लोसमय मेगा बैंकको सञ्चालक समितिले गत माघमा नै टुरिजम डेभलपमेन्टबैंकसँग र्मजर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

यद्यपि मर्जर प्रक्रियाको लागि दुवै बैंकको शेयर कारोबार २०७३ माघ ९ गतेदेखि अहिलेसम्म रोकिएको थियो । तर, मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकबीच स्वाप रेसियो १०० बराबर ९५ तय गर्ने तत्काल निर्णय गरिएको भएपनि हालसम्म स्वाप रेसिया कति हो भन्ने बाहिर आएको छैन । आर्थिकन्यूज डटकमले मर्ज प्रक्रियाका बारेमा टुरिजम् डेभलपमेन्ट बैंक प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले भने ‘मर्जको प्रक्रिया अघि बढिरहेको छ मेगा बैंकको हकप्रदका कारण ढिला भएको हो ।’ ढकालका अनुसार मर्ज प्रक्रियाका साथै बैंकहरुको स्वाप रेसियोको पनि विषय नटुगिएको बताए ।

नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को अध्यक्ष समेत रहेका मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको बैंकमा यति लामो समयसम्म कारोबार रोकिदा सर्वसाधारण लगानीकर्ता मर्कामा परे नै यसमा सम्बन्धीत निकायको खासै चासो पनि गएको देखिदैन् । यसरी बारम्बार मेगा बैंकको शेयर कारोबार रोकिदा बैंकका लगानीकर्ता आक्रोशित बन्दै गएका छन् । यसतर्फ नेपाल धितोपत्र बोर्ड, राष्ट्र बैंक लगायतका संम्वन्धीत सरोकार वाला निकायले ध्यान दिन जरुरी भइसकेको छ ।

बैंकले शुक्रबार गत आवको  चौथो त्रैमासको वित्तीय विवरण सार्वजानिक गरेको छ । ४ अर्ब ५८ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी मेगा बैंकले सो अवधिसम्ममा आईपुग्दा ४३ दशमलव ५५ प्रतिशतले वृद्धि खुद मुनाफा ७९ करोड १४ लाख रुपैयाँ कमाउन सफल भएको छ । मेगा बैक लिमिटेडले हालै मात्र ६५ प्रतिसतको निस्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आबेदन दिएको छ। बैंकको प्रतिशेयर आम्दानी १७ रुपैंया रहेकोमा हकप्रद शेयर निस्कासन पश्चात प्रतिशेयर आम्दानीलाई सन्तुलन सक्न चुनौती पूर्ण हुनेछ ।

अर्को महत्वपूर्ण पाटो बैकको जोखिम व्यवस्थापन कोषको रकम ९ करोड देखि १७ करोड ८८ लाख रुपैंया पुगेको छ जसको कारण निस्क्रिय कर्जा शुन्य दशमलब ५७ प्रतिसतले बढेर १ दशमलब ३६ प्रतिसतमा पुगेको छ । कुनै पनि कम्पनीको वित्तीय संस्थाको व्यवस्थापन तथा संचालन समितिको मापन गर्नको लागि दुई प्रमुख वित्तीय अनुपात रिटर्न अन एसेट तथा रिटर्न अन ईकुट्टी लिने गरिन्छ । बैकको रिटर्न अन एसेट तथा रिटर्न अन ईकुट्टी दुईटे घटेको छ । यसले पनि व्यवस्थापन समिति प्रति प्रश्न उठेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया